पाल्पामा एसईई : वर्षेनी घट्दै गएको विद्यार्थी ग्राफ यस वर्ष बढ्यो

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । पाल्पामा वर्षेनी माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षा दिने विद्यार्थी घट्दै गए पनि यस वर्ष भने बढेका छन् । अघिल्लो वर्षको तुलनामा यहाँ ७ सय २६ बढी विद्यार्थीले परीक्षा दिएका शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाले जनाएको छ ।

यस वर्षको एइईमा ४ हजार ९ सय १० जना विद्यार्थीले परीक्षाको लागि रजिष्ट्रेशन भरेका थिए । जसमा छात्र २ हजार ३ सय ५८ र छात्रा २ हजार ५ सय ५२ रहेका छन् । यहाँ अघिल्लो वर्ष ४ हजार १ सय ८४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जहाँ नियमिततर्फ ४ हजार १२ र ग्रेडवृद्धितर्फ एक सय ७२ जना रहेको शिक्षा विकास तथा समन्वय ईकाइका परीक्षा शाखाका प्रमुख बमबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रेडवृद्धिका विद्यार्थीहरु धेरै भएकाले अहिले गतवर्ष भन्दा बढी विद्यार्थी सहभागी भएका हुन् । यस वर्ष ग्रेडवृद्धिको साधारणतर्फ एक हजार एक सय ३० विद्यार्थी रहेका छन् । जसमा ५ सय १३ छात्र र ६ सय १७ जना छात्रा रहेका छन् । यस्तै प्राविधिकतर्फ ४८ जना रहेका छन् । जसमा छात्र २७ र छात्रा २१ छन् ।

६ शैक्षिक सत्रको तथ्यांकअनुसार जिल्लामा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको संख्यामा कमी आएको देखिन्छ । यहाँ २०७६ मा ५ हजार १८ जना विद्यार्थीले परीक्षा दिएकोमा २०७७ मा ४ हजार ८ सय ८४ , २०७८ मा ४ हजार ८२ , २०७९ मा ४ हजार ५ सय ५४ र २०८० मा ४ हजार १ सय ८४ जना जना विद्यार्थीले एसइई दिएका थिए । यो ग्राफलाई हेर्ने हो भने यस वर्ष बढेको हो ।

जिल्लाका १९ संस्थागत र १ सय २० सामुुदायिक विद्यालयका विद्यार्थीहरुले परीक्षा दिदैं छन् । जसमा सामुुदायिकतर्फ ४ हजार ३ सय ८९ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जहाँ २ हजार ४४ छात्र र २ हजार ३ सय ४५ छात्रा छन् । यस्तै संस्थागत विद्यालयका ५ सय २१ जना विद्यार्थीहरु मध्ये छात्र ३ सय १४ र छात्रा २ सय ७ जना रहेका छन् । नियमित अन्तगर्तत साधारणतर्फ ३ हजार ५ सय ४ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् । जहाँ एक हजार ७ सय १५ जना छात्र र एक हजार ७ सय ८९ जना छात्रा रहेको जनाइएको छ ।

यस्तै प्राविधिकतर्फ २ सय २८ जना रहेका छन् । जहाँ एक सय ३ जना छात्र र एक सय २५ जना छात्रा रहेका छन् । जिल्लामा सबै भन्दा कम एक सय जना चन्द्र मावि चापपानी केन्द्र र सबै भन्दा बढी ३ सय ५० दरैठाँटी मावि रामपुर केन्द्रबाट परीक्षार्थी सहभागी भएको ईकाइका प्रमुख प्रेमराज खरेलले बताउनुभयो । उहाँका अनुसार परीक्षाको लागि २६ वटा केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रका लागि २६ जना केन्द्राध्यक्ष, ३० जना सहायक केन्द्राध्यक्ष, २ सय ४६ निरीक्षक, ५० जना परीक्षा सहायक, ९८ जना विद्यालय सहयोगी र ३ सय ९० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?