काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरुमध्ये १३ नाका पुनःसञ्चालनमा आइसकेको बताउनुभएको छ ।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बझाङ जिल्लाको उरैभञ्ज्याङ सुचारु गर्नका लागि कुटनीतिक पहल भइरहेको बताउनु भयो । उहाँले सीमा नाका रहेको जिल्लाका नेपाली नागरिकलाई चीन आवगमनका लागि अनुपति पत्र उपलब्ध गराउन कार्यविधिसेमत कार्यान्वयनमा आइसकेको बताउनु भयो । व्यापारिक नाका सञ्चालन तथा सीमा व्यवस्थापनबारे सन् २०१९ मै नेपाल र चीनबीच हस्ताक्षर भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपाल-चीनको सिमानमा रहेका १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाकाहरु पुनः सञ्चालन गर्ने सीमा व्यवस्थापन सम्बन्धमा नेपाल र चीनबीच सन् २०१९ मा हस्ताक्षर भएको व्यहोरा जानकारी गराउँदछु । सोही बमोजिक चीनसँग सीमा जोडिएको जिल्लाका नेपाली नागरिकहरुलाई चीन आवगमन गर्न अनुमति पत्र उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचका १४ नाकाहरु मध्ये उरैभञ्ज्याङ, बझाङरहेको छ । सो नाका सुचारु गर्न सम्बन्धित निकायहरुसँग समन्वय एवं कुटनीति तवरमा पहल भइरहेको छ ।’
प्रधानमन्त्री ओलीले नाका सञ्चालनमै रहेपनि हिउँ परेका कारण अस्थायी रुपमा केही नाकाबाट आवागमन हुन नसकेको हुनसक्ने बताउनु भयो ।
सुनसरी-मोरङ सिंचाई आयोजनामा स्थायी प्रकृतिको संरचना निर्माणको लागि अध्ययन हुँदैछ
प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी मोरङ सिंचाई आयोजनामा स्थायी प्रकृतिको संरचना निर्माणको लागि विभिन्न विकल्पहरुमा अध्ययन भइरहेको बताउनुभएको छ ।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोलदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोशी नदिको चतरा नजिक साइड इन्टेक निर्माण गरी सिंचाई सेवा उपलब्ध गराइएको भएपनि नदिले धार परिवर्तन गरेर दाँयापट्टि पानीको वहाव च्यापेकोले साइड इन्टेकमा आवश्यक पानीको प्रवेश गराउन नसकिएको बताउनु भयो । उहाँले आयोजनाको दिगो सञ्चालनको लागि प्राविधिक एवं आर्थिक विकल्पको खोजि भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सुनसरी मोरङ सिंचाई आयोजनाको कोशी नदिको चतरा नजिक साइड इन्टेक निर्माण गरी सिंचाई सेवा उपलब्ध गराइरहेको छ । विगत केही वर्षदेखि कोशी नदिले धार परिर्वन गरेर दाँयापट्टि पानीको वहाव च्यापेकोले साइड इन्टेकमा आवश्यक पानीको प्रवेश गराउन सकिएको छैन । तर आयोजनाले प्रत्येक हिउँदमा अस्थायी बाँध बाँधेर यथासम्भव पानी इन्टेकमा प्रवेश गराई सिंचाई सुविा पुर्याउँदै आएको छ । स्थायी प्रकृतिको संरचना निर्माण गरि दिगो तवरले वर्षैभरी पानी संचालन कसरि गर्न सकिन्छ भनेर विभिन्न विकल्पहरुमा अध्ययन भइरहेको छ । प्राविधिक र आर्थिक रुपले सम्भावित विकल्पहरुको छनोट गरि गृहकार्य अगाडि बढाइनेछ । ’
सुनसरी मोरङ सिंचाई आयोजनाले मोरङमा २८ हजार तथा सुनसरी जिल्लामा ४० हजार गरी ६८ हजार हेक्टर जग्गामा सिंचाइ सुविधा पुर्याउदै आएको छ । ५३ किलोमिटर मुल नहर ४ सय किलोमिटर शाखा नहर, प्रशाखा नहर तथा कुलो कुलेसो गरी सो आयोजनाको नहरको लम्बाइ १ हजार ५ सय किलोमिटर भन्दा बढी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच