
रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा बिहीबारदेखि लुम्बिनी शान्ति महोत्सव सुरू भएको छ । लुम्बिनी स्थित बुद्धमाया गार्डेन होटलमा एक कार्यक्रम गरि महोत्सव शुभारम्भ गरिएको हो । सस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेको उपस्थितिमा महोत्सव शुरूवात गरिएको छ ।
नेपाल स्थित चिनियाँ दूतावास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गरिएको हो । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी बुद्वको जन्मस्थलसंगै शान्ति र सदभावको पवित्र स्थल रहेको बताउनु भयो ।
विश्वभरका डेढअर्ब बौद्वमागर्गीहरू जीवनमा एकपटक लुम्बिनी आउन चाहने बताउँदै यसको प्रचार–प्रसारका लागि चीनको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले लुम्बिनीलाई लक्षित गरि निर्माण भएको गौतमबुद्व विमानस्थलमा चिनका विभिन्न प्रदेशबाट उडानको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष पूर्व मन्त्री जीवनराम श्रेष्ठले दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले शान्ति, सदभाव र एकतालाई बलियो बनाउने बताउनुभयो ।
उहाँले चीनसँग नेपालको पुरानो सम्बन्ध भएको बताउँदै यसले भातृत्व र अन्तराष्ट्रिय सम्बन्ध दिगो बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले आगामि शनिबार शान्ति म्याराथन प्रतियोगिता समेत राखिएको बताउनुभयो ।
यस्तै नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गले चिनले नेपालसंगको सम्बन्धलाई दिगो बनाउन पवित्रस्थल लुम्बिनीमा दोस्रोपटक लुम्बिनी अन्तराष्ट्रिय शान्ति सम्मेलन गरिएको बताउनुभयो।
कार्यक्रम पश्चात रात्री भोज समेत गरिएको थियो ।
लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदान–प्रदान प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको दुतावासले जनाएको छ ।
महोत्सवमा शुक्रबारका दिन मायादेवी मन्दिर बाहिर पवित्र उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान सत्र सञ्चालन गरिनेछ । शनिबार चैतमा खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ ।
महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स संघ, केजीएच ग्रुप, भिभो, दीपल, बुद्ध एयर सहयोगी छन ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच