
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस सँगको सत्ता सहकार्य ८४ को चुनावसम्म निरन्तर रहने दावी गर्नुभएको छ ।
काठमाडौंमा जारी नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशलाई समृद्द बनाउन एमाले र काँग्रेसको सत्ता सहकार्य ८४ सालसम्म निर्बाध ढंगले रहने दावी गर्नुभयो। 'एमाले र काँग्रेस बीच ८४ सम्म सत्ता सहकार्य गर्ने सहमति भएको छ ।'
महासचिव पोखरेलले भन्नुभयो, 'त्यसै अनुरूप सत्ता सहकार्य कायम रहन्छ ।' देशको कुभलो चिताउनेहरूले सरकार ढल्छ भनेर हल्ला चलाएको भन्दै उहाँले हल्लाले सरकार नढल्ने बताउनु भयो ।
महासचिव पोखरेलले काँग्रेससँग ८४ सम्म सत्ता सहकार्य गर्ने तर चुनाव भने एक्लाएक्लै लड्ने समेत बताउनु भयो । झहामी ८४ सम्म काँग्रेससँग सत्ता सहकार्य गर्छौ । उहाँले भन्नुभयो' 'चुनाव भने आमएक्लाएक्लै लड्ने छौँ ।'
शहरिया मध्यम वर्गमा एमाले अलि कमजोर देखिएको भन्दै महासचिव पोखरेलले शहरिया मध्यम वर्गमालाई पार्टीसँग जोड्ने अभियान चलाइने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच