
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा परिवर्तन सन्निकट भएको बताउनु भएको छ ।
शुक्रबार गृहजिल्ला झापाको सुरुङ्गामा नगर स्तरीय पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश बिग्रिएको बेला टुलुटुलु हेरेर बस्न नसकिने बताउनु भयाे ।
"जनता जागिसकेका छन्, व्यवस्था परिवर्तनको आन्दोलन कुनै हालतमा रोकिन्न" राजनीतिक दलका नेतालाई म सच्चिन र सहमतिमा आउन आग्रह गर्छु, अब पनि अटेर गरे जनता र आन्दोलनको बलमा व्यवस्था परिर्वतन गरेरै छाड्छौँ ।" उहाँले सत्तारूढ र प्रमुख प्रतिपक्षी दललाई देशमा मुडभेड ननिम्त्याउन चेतावनी दिनुभयो । अध्यक्ष लिङ्देनले एमालेप्रति लक्षित गर्दै भन्नुभयो," सरकारको नेतृत्व गरिरहेको दलले आन्दोलनको घोषणा गर्नु हाँस्यास्पद कुरा हो ।"
सत्ता नेतृत्वकर्ता दल एमालेले बिहीबार मात्रै काठमाडौँमा मोटरसाइकल र्याली र वडा तहसम्म जनसचेतना कार्यक्रम पघोषणा गरेको छ । उहाँले चैत १२ गते पार्टीको बैठक बसेर आन्दोलनका थप कार्यक्रम घोषणा गरिने जानकारी दिनुभयो। उहाँले अबका कार्यक्रम काउण्टर आन्दोलन हुने संकेत गर्नुभयो।
"हामीले कांग्रेस - एमालेकै अग्रसरतामा सुदृढ लोकतन्त्रको कल्पना गरेका हौँ, अभिभावकीय संस्थाको रुपमा राजालाई स्वीकार गरी एक ठाउँमा आउन म सबैलाई आग्रह गर्छु " अध्यक्ष लिङ्देनले भन्नुभयो," म स्पष्ट पार्न चाहान्छु, हामी कसैलाई पनि निषेध गर्दनौँ ।" शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन कार्यकर्तालाई अपिल गर्दै अध्यक्ष लिङ्देनले चामल, सातु बोकेर व्यवस्था परिर्वतनका लागि हुने आन्दोलनमा सहभागी हुन काठमाडौं जाने तयारी थाल्न अनुराेध गर्नुभयाे ।
कार्यक्रममा पार्टीका प्रवक्ता भक्तिप्रसाद सिटौलाले संकटमा परेको राष्ट्रियता जोगाउनु पर्नेमा जोड दिनुभयो । " दलका नेताले विदेशीको इसारामा मुलुकको धर्म संस्कृति समाप्त पारे " कोशीकाे प्रदेश सांसद समेत रहनुभएको उहाँले भन्नुभयो," मुलुक व्यवस्था परिर्वतनको संघारमा उभिएको छ, आन्दोलनका लागि तयार हुनुस्, हामी सांसदपद त्याग्न तयार छौँ ।"
अध्यक्ष लिङ्देनलाई राष्ट्रिय झण्डा र राजाको झल्को दिलाउने श्रीपेच अंकित तस्वीर मायाको चिनो प्रदान गरिएको भेलाको बन्दसत्रले गोपालप्रसाद चुडालको अध्यक्षतामा कनकाई नगर समिति सर्वसम्मत चयन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच