
काठमाडौं । महिलाको सौन्दर्यमा मात्र होइन महिलाहरुको यौन उत्तेजनामा पनि स्तनको निक्कै महत्व हुन्छ । महिलाको नितम्ब र वक्षस्थलको सहि आकारले उनीहरु जति सुन्दर देख्छिन् यौन संवेदनशीलतमा पनि त्याे भन्दा धेरे स्तनको महत्व हुन्छ । साथै सबैभन्दा धेरै महत्व त यसको सन्तानको पोषण गर्ने कुरामा रहन्छ ।
एस्ट्रोजन नामक सेक्स हर्मोन र शरीरमा हुने ग्रोथ हर्मोनका कारण स्तनको विकास हुन्छ । स्त्रीजातिमा यौनावस्थामा हुने अंगहरुकाे विकासले यौन अंग स्तनमा पनि प्रभाव पारेको हुन्छ ।
यहाँ अरु कुरा भन्दा पनि यौन संवेदनशीलतामा स्तनको महत्वको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
स्तनको स्पर्शले महिलाहरुलाई किन यौन आनन्द प्राप्त हुन्छ भन्ने कुरा वैज्ञानिकहरुले अनुसन्धानबाट पत्ता लगाएका छन् ।
अमेरिकाको एक विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरेको एक अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो ।
योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ, स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने अनुसन्धानकर्ताहरुको भनाइ रहेको छ । त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ ।
आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो ।
अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्ने उनीहरुको दावी रहेको छ । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।
के ठुलो स्तनले यौन आनन्द बढी दिन्छ ?
कतिपय समाजमा महिलाका पर्याप्त विकसित अर्थात ठूला स्तनलाई आकर्षक मानिन्छ र पुरुषहरू ठूला स्तनप्रति आकर्षित हुन्छन् । स्तनको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो त आफ्नो यौन साथीलाई पर्याप्त आकर्षक होइन्छ या होइन्न भन्ने बारेमा हुन्छ।
स्तनको स्पर्शले पुरुषलाई यौन उत्तेजना दिन्छ भने महिलालाई पनि। पूरा स्तन नै यौन संबेदनशील भए पनि यसको मुण्टो तथा वरिपरिको भाग विशेष यौन संबेदनशील हुन्छ। स्तनको विशेष गरेर मुण्टो तथा वरिपरिको भाग (एरोला) यौन सम्वेदनशील हुन्छन्। स्तनको मुण्टोलाई केहीबेर खेलाए पनि यो कडा तथा उठ्ने (उत्तेजित हुने) गर्दछ। यौन प्रतिक्रिया चक्रको प्लेटु चरणमा स्तनको आकार पनि स्पष्ट रुपमा ठूलो भएको हुन्छ। स्तनको आकार सानो वा ठूलो जे भए पनि यौन सुखपाउने कुरामा कुनै फरक पार्दैन।
-एजेन्सीको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच