रूपाकोटमा पनि सिटिजन्सको शाखा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तारका क्रममा थप एक नयाँ शाखा कोशी प्रदेश, खोटाङको दिक्तेलस्थित रूपाकोट मझुवागढी नगरपालिका वडा १ मा विस्तार गरेको छ । उक्त शाखासँगै बैंकका शाखा संख्या दुई सय पुगेका छन् । नयाँ शाखा सञ्चालनसँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखा संख्या २८ पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्राहकलाई उत्कृष्ट सेवा सुविधा पुर्‍याउने क्रममा दिक्तेलमा नयाँ शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बताउनुभयोे । सो अवसरमाा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको उपस्थिति रहेको थियो ।

सुविधासम्पन्न उक्त शाखामार्फत् ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनका अवसरमा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरू पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिनेछ भने डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षका लागि छुट व्यवस्था रहेको छ ।

नयाँ शाखा शुभारम्भ भएको दिनमै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा ९ मा सञ्चालनमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । विद्यालयमा आयोजित कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?