भोजपुर । प्रत्येक बर्ष संचालन हुने भोजपुरको प्रतिष्ठित आठौं अन्तराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगिताको तयारी थालिएको छ ।
जिल्ला फुटवल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक बर्ष जिल्ला सदरमुकाममा संचालन हुँदै आएको प्रतियोगिता यस बर्ष भने २०८२ बैशाख १४ देखि २० गतेसम्म गर्ने गरी तयारी थालिएको आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनुभयो ।
भोजपुर नगरपालिका वडा नम्वर ७, कोदारमा रहेको रंगशालामा संचालन हुने प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने छन । प्रतियोगिता संचालनका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ भने अन्य थप रकम सहप्रायोजकहरुबाट संकलन गरिने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधि सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे छ ।
गत बर्ष संचालन भएको सातौं संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाण्डौले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दे बिजेता बनेको थियो । गत बर्ष जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाण्डौ, चर्च व्बाइज युनाइटेड काठमाण्डौ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटवल संघले प्रतियोगितामा भाग लिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच