
भूमिका: नेपालमा छात्र आन्दोलन सफल रूपमा जेठ महिनादेखि सञ्चालित साल २००४ को जयतु संस्कृतम्देखि लिइन्छ, जुन राणा शासनलाई हटाउनमा विद्यार्थीले संस्कृतका पाठ्यक्रममा सुधार भई भूगर्वशास्त्र, इतिहास, अर्थशास्त्र, विज्ञान आदि समावेश नेपालमा संस्कृत कलेजको स्थापना बनारसभन्दा पनि अन्तिम जाँच नेपालमै दिन पाउनुपर्ने र विद्यार्थीको स्टाइपेन बढाइनुपर्ने जस्ता मागको रूपमा चरणबद्ध ढंगले राजनीतिक अभियानकै रूपमा दलका नेताहरूद्वारा समेत चलाइयो । यसैको निरन्तरता औपचारिक रूपमा साल २०२७ मा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ), कम्युनिष्ट पार्टीनिकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी फेडरेसन पहिला साल २००७ मा र पछि यी रसियन विचार निकटहरूले राजतन्त्रलाई नै ठीक भनी समर्थन गर्न थालेपछि चिनियाँ कम्युनिष्ट विचार निकटहरूले टुक्रेर नयाँ अनेरास्ववियु (पुष्पलाल समूहको नामले पनि परिचित) फेरि साल २०२५ मा गठन गरे ।
यसपछि सो बेला विद्यार्थी समूहको नाममा पञ्चायत समर्थकहरूले स्वतन्त्र राष्ट्रवादी विद्यार्थी मण्डल (२०२५ मा गठित) थियो, जसमा पञ्चायत समर्थक थोरै विद्यार्थी तर बढी पञ्चायत टिकाउनलाई विद्यार्थीको छद्मभेषमा टोले गुण्डा, शराबी आदिहरू थिए र सूचना संकलन त्यसको मुख्य काम हुन्थ्यो । २०४६ साल अघिसम्म र अझ २०४६ देखि २०६३ वैशाख ११ गते लोकतन्त्र आउनुअघि अनि २०६५ जेठ १५ गते राजतन्त्र पूर्ण उन्मूलन हुँदासम्म सो बेला रहेका नेपालका उच्च शैक्षिक थलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) र महेन्द्र (हाल नेपाल) संस्कृत विश्वविद्यालय (नेसंवि) हरूका आङ्गिक क्याम्पसहरूमा पञ्चायत समर्थकहरू विद्यार्थी मण्डल तथा दलगत समर्थकहरू नेविसंघ तथा अनेरास्ववियुहरू मार्फत मिनी संसदको रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका परिणामलाई बुझ्थे ।
२०३५ साल चैत्र २७ गते नौ सदस्यीय ‘एक्सन कमिटी’ (शेरबहादुुर देउवा, रामचन्द्र पौडेल, बलबहादुर केसी, अर्जुननरसिंह केसी, शरणविक्रम मल्ल, कैलाश कार्कीलगायत) ले नै आजको स्ववियुको विधिवत् माग उठाएर गठन भयो । आज भने साझा प्राज्ञिक एजेण्डा त्यति छैन ।
लक्ष्य स्पष्ट थियो: पञ्चायत टिकाउने कि फाल्ने, विद्यार्थी युनियन संवाहकमार्फत् । तर, अब गणतन्त्रसमेत आइसकेको छ भने गत २०८१ चैत ५ गते मंगलबार त्रिविका ६२ आङ्गिक क्याम्पस र सम्बन्धनप्राप्त कलेजहरूमा तोकिएका स्ववियुको निर्वाचनमा आङ्गिकतर्फ यो लेख तयार पार्ने बेलासम्म ३९ वटा क्याम्पसको परिणाम प्राप्त भइसकेको तथा नेविसंघ नै अग्रस्थानमा जित हासिल गरेको अवस्था छ । साथै त्रिवि केन्द्रीय क्याम्पस, पाटन संयुक्त क्याम्पस, रारा बहुमुखी जनकपुर, ठाकुरराम वीरगञ्ज लगायत धेरै आङ्गिक क्याम्पसहरूमा विविध अड्चनहरू परेर चुनाव अनिश्चित अवस्थामा पुगेको छ ।
यस लेखमाथि उल्लेखित जस्तो २०४६ र २०६२ सालसम्म त्रिवि र नेसंविहरूमा सिमित तीनवटा समूहको विद्यार्थी राजनीतिको मुख्य उद्देश्य पञ्चायत फालेर विद्यार्थीका जेन्युन एजेण्डा पनि बोक्दै आएको दोहोरो दबाबमा थियो तर आज गणतन्त्र २०६५ जेठ १५ गते प्राप्तसमेत भइसकेको दिनमा धेरै दल र तिनका विद्यार्थी समूहरू दलको नर्सरी उत्पादन गर्ने अनि दलको हातगोडा जस्तो युवा परिचालन भए पनि विद्यार्थीहरूको साविक एजेण्डा पनि यी विद्यार्थी संघ संगठन वा छाता संगठन स्ववियुले बोक्न नसकेर उल्टै बरालिएर पठनपाठन नगरेरै पनि अधिकांशतः उच्च अंक आन्तरिक मूल्याङ्कनहरूमा प्राप्त गर्न खोज्नु र उद्देश्यबाट भट्केको आरोप लागिरहेकोमा कति सत्य र यथार्थ आरोप हो वा होइनमा आधारित छ ।
हिजो विद्यार्थी, प्राध्यापक र कर्मचारी प्राज्ञिकतामा सँगै सन् २०२४ मा प्रकाशित त्रिविका पूर्वभिसी प्राडा. तीर्थराज खनियाँका पुस्तक नेभिगेटिङ हायर एड्युकेसन इन नेपालमा उल्लेखित च्याप्टरहरू ‘पोलिटिसाइजेसन अफ् हायर एड्युकेसन इन नेपाल’ र ‘पोलिटिसाइजेसन अफ् युनिभर्सिटी स्टुडेण्ट्’ अर्थात्, पृष्ठ संख्या ८३ देखि १३४ सम्मले लेखकका अनुसार नेपालमा सफल विद्यार्थी आन्दोलनहरू जयतु संस्कृतम्, २०३६ सालको जनमतसंग्रह गराउन राजालाई बाध्य पार्ने, २०४६ सालको प्रजातन्त्र पुनर्बहाली गराउन सफल अनि २०६२/०६३ सालतिर राजतन्त्र पूर्ण उन्मूलन गर्ने जस्ता सफल केहीलाई मात्र हुन् ।
खनियाँका अनुसार यीबाहेक विद्यार्थीका खास एजेण्डामा केन्द्रित जिम्मेवारपूर्ण छात्र आन्दोलन समर्पित हुनै नसकेर पनि हो नेपालको उच्च शिक्षाको करिब ७७ प्रतिशत जनशक्ति रहेको र उत्पादन गर्ने त्रिवि र त्यसको सिको अन्य युनिभर्सिटीका पनि विद्यार्थीले गरिदिएर युनिभर्सिटीका अपवाद र स्व–इमानदारबाहेक अधिकांश कर्मचारी र प्राध्यापकहरू ड्युटीमा पूर्णसमर्पित हुन नसकेर अवस्था दयनीय भएको हो ।
पुस्तकको पृष्ठ संख्या ९० मा उल्लेख भएअनुसार त्रिवि परिसरभित्र मिति २०३२ साल वैशाख २२ मा शिक्षा विभाग, कीर्तिपुरको अडिटोरियम हलमा विद्यार्थीको नाममा मण्डलेहरूले प्रहरीसित बिनाअनुमति पस्दा एकसाथ प्राध्यापक, कर्मचारी र पढ्ने असली विद्यार्थीले पञ्चायती पुलिस र कथित् विद्यार्थी टोले गुण्डाहरूबाट भौतिक आक्रमण भेटे, जागिर र आत्मसम्मान गुमाए तसर्थ, हिजो पञ्चायतीबाहेक प्राज्ञ कार्यमा संलग्न उच्च शिक्षाका तीनवटै अङ्गहरू एकसाथ थिए भन्न सकिन्छ । हो, हिजो पनि शिक्षाको राम्रो भाग आज सेमेस्टर प्रणालीलाई विद्यार्थीले भर्ना समयमा हुन नपाएर, बिनातयारी ल्याइँदा र पञ्चायत नै फाल्ने उद्देश्यले एक प्रकारले निहुँ नै पनि खोज्ने कार्यले गर्दा सहकार्य गरेकै हुन् ।
अब राजनीतिक दलहरूले इमानदार भई सुशासन दिने हो भने राजतन्त्रको प्रेतले सताउने छैन । यदि स्वयं दलका नेताहरू सुध्रे भने विद्यार्थीहरूले राम्ररी पढ्ने, ठीक उमेरमा पढेर जागिरमा जाने वा सीपबाट व्यवसायतर्फ लाग्नेछन् । विद्यार्थीले नेताको किन चाकडी गर्नुपर्ने ?
यसमा थप के बुझ्नुपर्छ भने २०३५ साल चैत्र २७ गते नौ सदस्यीय ‘एक्सन कमिटी’ (शेरबहादुुर देउवा, रामचन्द्र पौडेल, बलबहादुर केसी, अर्जुननरसिंह केसी, शरणविक्रम मल्ल, कैलाश कार्कीलगायत) ले नै आजको स्ववियुको विधिवत् माग उठाएर गठन पनि भयो (पृष्ठ ११७) । आज भने साझा प्राज्ञिक अजेन्डा त्यति छैन । २०६३ सालपछिको सन्दर्भमा गणतन्त्र नेपालले पाइसकेको अवस्थामा विगतका संघर्षहरूलाई डा. खनियाँको उक्त पुस्तक नेभिगेटिङ हायर एड्युकेसन इन नेपाल पढ्दा आँखा रसाएर आउँछ र एउटा धारणा दिमागमा बन्न आउँछ कि अब उच्च शिक्षाको अवस्था नेपालमा पक्कै बदलेको होला तर अहँ, व्यवहारमा विद्यार्थी, प्राध्यापक र कर्मचारीको अवस्था पठनपाठनभन्दा पनि अझै अचेत अवस्थामा गणतान्त्रिक स्वतन्त्रताको लाभ गलत रूपमा सबैले उठाइरहेको पाइन्छन् ।
यो कुरा यी तीनवटै अवयवका औसतभन्दा बढीको प्रवृत्ति गलत रहन गयो भन्न खोजिएको हो । जस्तै, प्राध्यापक र कर्मचारीले दलीय नेताको आडमा ड्युटी गर्नु नपर्ने, पदोन्नति र सरकारी नियुक्ति पाउने, लाभ पनि परीक्षा नियन्त्रण कार्यालय, भ्रमण, तालिम आदिको नामबाट लिइरहने देखिन्छ । विद्यार्थीहरूले भने मिहिनेत गरेर पढ्ने, अनुसन्धान गर्ने आदि नभई थर्काएर थेसिस, प्रपोजल पास गराउने, चाहे जति अंक थेसिस, प्रिबोर्डमा हाल्न भन्ने, बल्ल उमेर नतोकिँदा अघिसम्म ‘आजीवन विद्यार्थी नेता’ भई क्याम्पसहरूमा हल्लिइरहने, विद्यार्थीको भर्ना, परीक्षा फाराम भरिदिने, स्कलसिप दिलाइदिने, विदेशमा विद्यार्थी छ तर उसको नाममा ‘सेटिङ’ मिलाएर नक्कली विद्यार्थीले जाँच दिएर उत्तीर्ण पनि हुने, खेलकुद नाम आदिमा क्याम्पस र विद्यार्थीबाट रकम उठाउने गलत कार्यमा निर्लिप्त प्रायः विद्यार्थी नेताहरू भेट्टिन्छन् ।
प्राध्यापक-कर्मचारीले मन्त्री, प्रधानमन्त्रीलाई नेपालमा भेट्न बरु गाह्रो छ तर विद्यार्थी नेताले सजिलै भेट्ने, नेताले फिल्डमा जाँदा ‘इस्कोर्टिङ’ गरिदिने आदि देखिन्छन् । यी कारणले गर्दा प्राध्यापक–कर्मचारी अधिकांशले विद्यार्थीसँग डराउँछन्, कार्यस्थलमा मनोबल गिरेको छ । आज पनि नेताले दलको नर्सरीको रूपमा नेतृत्व विकास तथा क्याम्पसमा ‘नेता बनेर कमाउँदा’ भोलि ठूलो दलीय नेता बन्दा भने ठेक्का–पट्टामा कमाउने ‘तालिमस्थल’ क्याम्पसहरूलाई बुझ्ने भएकोले गर्दा विद्यार्थीका असली प्राज्ञिक एजेण्डा ओझेलमा परेका छन् । आज पनि प्राध्यापक, कर्मचारी र विद्यार्थीको साझा एजेण्डा त छ तर प्राज्ञिक कार्यमा २–४ प्रतिशत छ तर अनैतिक गतिविधिमा भने ९६-९८ प्रतिशत छ, यो नै नेपालको उच्च शिक्षाको अभिशाप बन्न पुगेको छ ।
जुन आवश्यकता र संघर्षले हिजो स्ववियु नेपालमा नेताहरूले ल्याए, आज केवल बायोडेटा भरेर भोलि कमाउन र अझ सांसद, मन्त्री बन्नलाई स्ववियु चुनावमा साम, दाम, दण्ड र भेद सबै हतियार विद्यार्थी र दलनिकट प्राध्यापक, त्रिवि पदाधिकारी समेतहरूले दलीय दबाबमा गर्छन्, यो दुर्भाग्य हो । उदाहरण पाटन संयुक्त क्याम्पस, पाटनढोकाको गत चैत्र ५ गतेको स्ववियु चुनावमा कृत्रिम अवरोधले सबै देखियो, यद्यपि क्याम्पसको शुद्ध हृदय रहे पनि कम समयमा केही प्राविधिक त्रुटि भने देखियो जुन सजिलै सुधार्न सकिन्थ्यो तर दलनिकट नेताहरू र त्रिविका पदाधिकारी समेतले निर्वाचनमा खटेकालाई अनैतिक दलीय दबाब दिएर निर्वाचन सार्न लगाउँछन् भने यसभन्दा ठूलो दुर्भाग्य र अनैतिकता अरू के होला ?
अब सुध्रिनुपर्छ: अब राजनीतिक दलहरूले इमानदार भई सुशासन दिने हो भने राजतन्त्रको प्रेतले सताउने छैन । यदि स्वयं दलका नेताहरू सुध्रे भने विद्यार्थीहरूले राम्ररी पढ्ने, ठीक उमेरमा पढेर जागिरमा जाने वा सीपबाट व्यवसायतर्फ लाग्नेछन् । विद्यार्थीले नेताको किन चाकडी गर्नुपर्ने ? अब त पञ्चायत छैन तसर्थ, दलका नेताहरूले अभिभावकका सन्तानलाई पिछलग्गु नबनाई योग्य र दक्ष जनशक्ति बन्न दिई परिवार, समाजको सेवा नैतिकवान, सच्चरित्र बन्न दिई युनिभर्सिटीबाट घर जान दिने वातावरण बनाउनुपर्छ ।
यो कुरा पञ्चायतमा नभई गणतन्त्रमै हुनेछ । भविष्यमा इतिहासमा कलंकित ठाउँमा नाम दर्ज नगर्ने हो भने गणतन्त्रमा दलका नेताहरू, हिजोका एक्सन कमिटीकै नेताहरूले वर्तमान युवा पुस्तालाई सुध्रन दिनैपर्छ । अनि बल्ल नेपालको उच्च शैक्षिक थलोको उद्धार हुनेछ, अहिले खराब अवस्थामा उच्च शिक्षा छ । यो भएपछि जिम्मेवारी र कर्तव्यबोध विद्यार्थी, कर्मचारी र प्राध्यापकमा भई एकले अर्कालाई चेक एन्ड ब्यालेन्स अनुसन्धान, ड्युटी आदिमा गरी युनिभर्सिटीको अवस्था अनायाशै राम्रो हुन गई विदेश पलायन रोक्न पनि थाल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच