गाडी रिजर्भ गरेर मतदाता ओसार्छन् दलहरू

Read Time = 3 mins

काठमाडौं । काभ्रे पाँचखाल घर भएका उमेश पराजुली आज बिहानै घरतिर लाग्नुभयो। उहाँसहित सात जनाको टोलीलाई लिन पाँचखालबाट नेपाली कांग्रेस पार्टीले गाडीको व्यवस्था गरेको रहेछ । कांग्रेसले आफ्ना मतदाताभन्दा कांग्रेसप्रति आस्था राख्ने र जिल्ला बाहिर रहेका मतदातालाई लिन यसरी गाडीको व्यवस्था गरेको छ ।

उहाँ अब मत दिएर मात्रै काठमाडौं फर्किनेमा हुनुहुन्छ । काठमाडौंको असनमा कपडाको व्यापार गर्दै आउनु भएको पसल पाँच दिनका लागि बन्द हुनेछ । ‘पाँच वर्षमा एक पटक मतदान गर्ने अवसर जुरेको छ । त्यसमा पनि आफ्नै नजिकको दाई उठ्नु भएको छ । उहाँले गाडीको व्यवस्था पनि गरिदिनुभयो,’ पराजुलीले भन्नुभयो ।

उहाँ जस्ता सयौँ मतदाताले विभिन्न राजनीतिक दलले पठाएका गाडी प्रयोग गरी अहिले काठमाडौंलगायत सहरी क्षेत्र छोडिरहेका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो चौबिस घण्टामा ६९ हजार ८१ जनाले काठमाडौं छोडेका छन् । जबकी सामान्यतया दैनिक २५ देखि ३० हजारको हाराहारीमा मानिस बाहिरिने गरेका थिए । त्यही हाराहारीमा काठमाडौं भित्रिने समेत थिए । तर, अहिले पछिल्लो चौबिस घण्टामा ४२ हजार ८३२ जना काठमाडौं भित्रिएका छन् ।

हिजो र आज काठमाडौंबाट बाहिरिनेको संख्या निकै बढेको छ । भोट हाल्न आफ्नो क्षेत्रमा जान लागेका धेरै मतदातालाई राजनीतिक दलले गाडीको व्यवस्था गर्दै आएका छन् ।

नेकपा एमाले दार्चुला–काठमाडौं सम्पर्क मञ्चले ११ बसमा मतदाता तथा एमाले सुभचिन्तकहरूलाई दार्चुला लग्यो । मतदाता तथा एमालेका शुभचिन्तकहरूलाई मञ्चले नै गाडी बुकिङ गरेर दार्चुला पुर्‍याएको थियो ।

यसरी राजनीतिक दलहरूले गाडीको व्यवस्था गरेर आ–आफ्नो क्षेत्रमा लैजाने व्यवस्था मिलाइरहेका छन् । कोही भने आफै टिकट काटेर पनि घरतिर गइरहेका छन् । जसले गर्दा गोगंबुस्थित नयाँ बसपार्कमा औषतमा पछिल्ला दिनहरूमा टिकटको बिक्री बढ्दो क्रममा छ ।

उपत्यकाको नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायतका क्षेत्रमा यात्रुको भिड बाक्लो छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी संजिव शर्मा दासका अनुसार अहिले उपत्यका छोड्नेको संख्या निकै बढी छ । त्यस्तै कार्यव्यस्ताताका कारण बाहिर रहेका तर, घर काठमाडौंमा रहेकाहरू काठमाडौं फर्किने क्रम पनि बढ्दो रहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
न्युरोडको एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव बाढीपीडितका लागि वाईसीएलले थाल्यो अस्थायी आवास निर्माण छिमेकमै भएका महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति शून्यप्रायः भयो : प्रदीप ज्ञवाली योःसी ठड्याएको भोलिपल्ट वसन्तपुरमा सामूहिक कुमारी पूजा एउटै खेलमा कप्तान सन्दीप लामिछानेको नाममा तीन उपलब्धि काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउने हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य हुनुपर्छ : प्रहरी महानिरीक्षक कार्की प्रधानसेनापति सिग्देल चीन प्रस्थान, बेइजिङ स्याङसन फोरममा सहभागी हुने मङ्सिर २६-२८ को महाधिवेशन कुनै बहानामा रोकिँदैन अध्यक्ष लिङदेन देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छ : राजेन्द्र लिङदेन