-चञ्चलकुमार झा
रौतहट । विभिन्न कार्यक्रम गरि रौतहटमा क्षयरोग दिवस मनाइएको छ । मार्च २४ तारिखका दिन हरेक बर्ष विश्वभरि नै विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय क्षयरोग दिवस सोमवार मनाउने गरिएको छ ।
“हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौ । लगानीको प्रतिबद्धता र सेवाप्रवाहको सुनिश्चितता,आजको आवश्यकता” मुल नाराका साथ नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा रौतहट तथा स्वास्थ्य कार्यालय रौतहट गौरको आयोजनामा सोमवार विभिन्न कार्यक्रम गरि भव्यताका साथ विश्व क्षयरोग दिवस मनाइएको हाे ।
क्षयरोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज उपचारको प्रबन्ध गराउने उद्देश्यका साथ क्षयरोग दिवस मनाउने गरिन्छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।
रौतहट सदरमुकाम गौरमा सोमवार विहान प्रभातफेरी गरेर स्वास्थ्य कार्यालय रौतहटको सभाहलमा डा.रोबर्ट कोचको तस्बिरमा फुलमाला अर्पण गर्दै क्षयरोग सम्बन्धि वत्तृत्त्वकला प्रतियोगिता संचालन गरि स्वास्थ्य कार्यालय रौतहटले विश्व क्षयरोग दिवस २०८१ मनाएको छ ।
वत्तृत्त्वकला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एच.ए दोस्रो वर्षमा अध्यनरत रितिका श्रीवास्तव प्रथम भएकी छिन् । त्यस्तै नन्दनी साह दोस्रो र पवन गुप्ताले तेस्रो स्थान प्राप्त गरे ।
वत्तृत्त्वकला प्रतियोगितामा सहभागीहरुलाई प्रमाण पत्रसहित पुरस्कार प्रदान गरिएको स्वास्थ्य कार्यालय रौतहटका क्षयरोग फोकल पर्सन राजकुमार साहले हिमालय टाईम्सलाई जानकारी गराउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच