
-डा.चण्डिका भट्ट
म भित्रको म:
आज सधैंभन्दा अलिक ढिलो उठेँ । हिजो अलिक धेरै काम थियो । त्यसैले होला आलस्य पनि लागिरहेको थियो । आँखा अलि तिरमिर जस्तो र कान हल्का टुँ टुँ टुँ गरेको जस्तो । सम्वाद सुरु गरेँ । पहिले आँखालाई के भएको छ भनेर सोधेँ ।
आँखा:
(अलि खरो शब्दमा जबाफ) के हुने नि ? यत्रा वर्षसम्म बाटो देखाएँ । दिन रात भनिन । जता पनि जुन बेला पनि जाम भन्यो पहिले मैले नै सोझिनुपर्ने । अब म कमजोर हुँदैगएँ । राम्रोसँग ठम्याउन नसक्ने भएँ । बिस्तारै सबै कुरा धमिलो र तिरमिरमात्रै देख्न थालेको छु । के भयो कि ? केही आवश्यक प¥र्यो कि भनी सोधनी हुने होइन । अब विस्तारै आफ्नो आफ्नो सुर गर्दै गरे हुन्छ ।
म भित्रको म:
भन न त तिमीलाई खाना पुगेन कि ?...चश्मा लगाउँछौ कि त ?
कान:
(चश्माको कुरा गर्ने बित्तिकै कान एक्कासि कड्कियो ।) देख्नुपर्ने त्यो आँखाले अनि चश्मा बोकिदिनुपर्ने मैले । त्यो चश्माको मैले के खाइदिएको छु र मैले बोकिदिनुपर्ने ? कि तपाईं नै ‘मभित्र को म’ ले कि आँखाले नै त्यो जिम्मेवारी लिनु । म अरूको भारी बोक्न सक्दिन अब ।
आँखा:
(नम्र हुँदै) हेर्नुस् मित्र हामी दुवै एकअर्काका पूरक हौं । तपाईलाई पनि कतै केही मीठो धुन सुन्न मन लागेको बेला मैले नै त हो नि बाटो देखाउँदै लाने गरेको । होइन र ? मलाई आवश्यक पर्ने साधन तपाईंले अलिकति सघाउनुभयो भने मैले पनि त तपाईंको सेवा गर्न सक्छु नि त ।
शौचालयलगायत सबै गन्तव्यमा पु¥याउने र ल्याउने गरेको त तपाईंहरूले नै हो तर बाटो त हामीले देखाइदिएको हो नि । कहीँ कतै बाटो खराब छ या सिसाका फुटेका टुक्रा, काँडा, फोहोर आदि छ कि ? केही अवरोध छ कि भनी हेर्ने त हामीले नै हो नि । गोडाहरू भन्दै थिए ।
गोडाहरू:
(गोडाहरूले आँखाको प्रतिवाद गर्दै भन्नुभयो) । तपाईंहरूले हो शौचालय लगेको ? हामी तपाईंहरू सबैलाई एकै खेप धुलो, ढुंगा, हिलो, काँडा, उकालो, ओरालो आदि केही नभनी जुन बेला भन्यो त्यही, बेला जहाँ भन्यो त्यहीँ बोकेर पु¥याउनुपर्ने हामीले होइन ? हामीमाथि सयर गर्नु छ । उल्टै आपूm–आपूmमाथि बसेर गनगन गर्ने । ठूल्ठूला कुरा गर्ने ।
आँखा:
(गोडाको कुरा सही थाप्दै भन्नुभयो) । हो शौचालयलगायत सबै गन्तव्यमा पु¥याउने र ल्याउने गरेको त तपाईंहरूले नै हो तर बाटो त हामीले देखाइदिएको हो नि । कहीँ कतै बाटो खराब छ या सिसाका फुटेका टुक्रा, काँडा, फोहोर आदि छ कि ? केही अवरोध छ कि भनी हेर्ने त हामीले नै हो नि । जसले तपाईंहरूलाई घोच्न या घाउ बनाउन सक्दछन् होइन र ? गोडाले आँखाहरूको भनाइप्रति सम्मति जनाउनुभयो ।
पेट:
(कान र आँखाको वार्तालाप सुनिरहेको पेट एक्कासि गड्गडाउँदै गर्जन थाल्नुभयो) । तपाईंहरू मभन्दा माथि विराजमान हुनुहुन्छ । जताततै रंगीविरंगी देख्नुहुन्छ । मधुर धुन सुन्नु हुन्छ । मीठो कुरा पहिले आफैं मुखमा हाल्नु हुन्छ । राम्रो र मीठो नलागे छाड्नु हुन्छ या कसैले देख्ला कि भनेर जबरजस्ती म तिर धकेली दिनुहुन्छ । म यहाँ अन्धकारमा केही नदेख्ने, केही नसुन्ने ठाउँमा गुडुल्किएर रहेको छु । मेरो व्यथा तपाईंहरूलाई थाहा छ ? कहिल्यै मेरो ख्याल गर्नु भएको या सम्झना गर्नुभएको छ ? मलाई भोकले सताई सक्यो । हिजो बेलुकी तपाईंभन्दा मैले चाडै खाएर तपाईंहरू सुत्नुअघि नै म सुतेको होइन ? आफ्नोमात्र सुर गर्नु हुन्छ । मलाई छिटो खाने कुरा ल्याई दिनुहोस् । नत्र मैले के गर्नुपर्छ जानेको छु ।
कानहरू:
(पेटले भनिरहेको कानहरूले सुनिरहनु भएको थियो । यसैबीच कानले थप्नु भयो) । राति तपाईं पेट नै होइन बारम्बार ऐआ आथु भनेर हाम्रो निद्रा बिथोलिदिएको । खान पाइसकेपछि त आनन्दसँग सुतेको भए हुने थिएन ? चुपचाप सुतेको भए हाम्रो निद्रा बिग्रने थियो त ?
मीठो कुरा पहिले आफैं मुखमा हाल्नु हुन्छ । राम्रो र मीठो नलागे छाड्नु हुन्छ या कसैले देख्ला कि भनेर जबरजस्ती मतिर धकेली दिनुहुन्छ । म यहाँ अन्धकारमा केही नदेख्ने, केही नसुन्ने ठाउँमा गुडुल्किएर रहेको छु । मेरो व्यथा तपाईंहरूलाई थाहा छ ? कहिल्यै मेरो ख्याल गर्नुभएको या सम्झना गर्नुभएको छ ? पेटले भन्यो ।
आँखाहरू:
(कानको कुरा सुनेर आँखाहरूले पनि सही सही थाप्नुभयो) । हो त नि अँध्यारोमा तिर्मिरतिर्मिर गर्दै शौचालय पु¥याएर ल्याइदिने गोडाहरूलाई बाटो देखाइदियौं । फेरि गनगन । कानले नसुन्नुभएको भए म उठ्ने थिइन अनि कसरी तपाईंलाई मद्दत गर्न आउँथ्यौ ?
गोडाहरू:
(गोडाहरूले आँखाकानको प्रतिवाद गर्दै भन्नुभयो) । तपाईंहरूले हो शौचालय लगेको ? हामीले होइन ?
आँखाले गोडाको कुरा सही थाप्दै भन्नुभयो । हो शौचालय पु¥याएर ल्याइदिएको तपाईंले नै हो तर बाटो त हामीले देखाइदिएको हो नि । होइन र ? गोडाले आँखाहरूको भनाइप्रति सम्मति जनाउनुभयो ।
हात:
(यता सबैको गन्थन सुनिरहेका हातहरूलाई रिस उठेछ क्या र । सलबलाउँदै हात मसार्दै, दुवै हातमिलेर एक अर्कासँग दह्रो गरी मुठ्ठी कस्दै, पाखुरा सुर्कंदै पेटतिर आक्रोश पोख्न थाल्नुभयो) । तैँले त त्यहाँ अरूले जोहो गरेर ल्याएको घिचेर बस्न पाएको छस् । हामीले काटकुट गरी, चलाई पकाई गरेर तलाईं कति चाहिन्छ मुखभित्र हाली तँ कहाँ आइपुग्ने सुगम र सरल बाटोबाट पठाइदिएका र दिइरहेका छौं । त्यो गुण यति चाँडै बिर्सिस् ? त्यति मात्र होइन पकाएका भाँडाबर्तन माझी, अन्य सरसफाइ गरिबरीमात्र हामी आराम गर्न या सुत्न गयौं । अन्तिममा आराम गर्न पाउने भनेको हामीले हो ।
(मुखतिर लक्षित गर्दै) तपाईं मुखभित्र या दाँतमा केही अड्किएको छ कि सफा गरिदिएको र दिने हामीले नै होइन ? मुखमात्र सफा गरिदिने होइन मुखबाट पठाएको सबै खाद्य वस्तु भित्रभित्रै कता कता आपूर्ति गरी कसकसलाई खुशी पारी काम नलाग्ने जति मलद्वारबाट बिसर्जन गर्ने अनि त्यो पनि हामीले नै सफा गरिदिनुपर्ने र गरिरहेको देख्नुभएको छैन ? तपाईले अरूलाई भन्नुपर्दैन ? देख्ने बित्तिकै मीठो–मीठो खानेमात्रै काम हो तपाईंको ?
(गोडातिर लक्षित गर्दै) मैलो भयो कि भनी धोइदिने हामी नै होइन ? कहिलेकाहिँ त तेल लगाएर मालिस पनि गरिदिनुपर्ने हामीले नै होइन ?
मुख:
(चुपचाप सबैको आआफ्नै भूमिकालाई सकेसम्म माथि पार्दै भइरहेको सुनेका मुख, जिब्रो र दाँत मौन भएर सुनिरहेका थिए । उनीहरूलाई यस्तो लाग्यो कि आफ्नो त कुनै भूमिका नै थिएन र हुँदैन । एकाएक मुखले मुख फोर्नुभयो) ।
तपाईंहरू सबैले आ–आफ्ना बेदना र मर्मका कुरा जो गर्नु भयो मैले सबै कानमार्फत सुनेँ । साथै तपाईंहरूले अरूलाई सुनाउन पनि त मेरै सहारा लिएर सुनाउनुभयो नि होइन ? म चुप बसेको भए तपाईंहरूको गनगन कसरी अरूलाई बुझाउनु हुन्थ्यो ? मैले नै होइन तपाईंहरूमध्ये एकले अर्कोलाई यो भन्दे, यसो भन्दे, यसरी भन्दे भनेको ?
हातले सबै मिहिनेत साथ बनाएको भए पनि यदि मैले नै बाटो खुला नगरिदिएको भए पेटले कसरी आनन्दसँग बसीबसी स्वाद लिई लिई खान पाउनुहुन्थ्यो ? मेरो मुखमा अटाई–नअटाई खन्याउने । बढी तातो भएर पोल्ला कि या बढी पीरो छ कि, या सारो र कडा छ कि, क्षमता छ छैन, मेरो कतै घाउ खटिरा छ कि आदि केही ख्याल नगरी फाल्ने ठाउँ भेटे जसरी ओहि¥याउनुभयो ? मलाई परेको या पर्ने बेदना बारे ख्याल गर्नुभयो ?
जिब्रो:
(मुखको तीखो टिप्पणी सुनेर केही कुरामा सहमति जनाउँदै जिब्रोले पनि आफ्नो भूमिका खोजिहाल्नुभयो) । ठीक हो मुखमित्र ¤ मुखभित्र हातले ल्याइसकेपछि सोझै त पेटभित्र गएन होला । तपाईंभित्र कुनाकन्दरामा जमेका या अड्किएका वस्तु यताउता चलाउनु, घाँटीतिर धकेल्नु आदि काम त मैले गरेँ हुँला नि । होइन ? कसैलाई केही अप्ठ्यारो परेको कुरा शैली मिलाएर सबैले बुझ्ने गरी शब्दोच्चारण गर्न त मेरो भूमिका रहृयो होला नि । होइन र ? सबैले होमा हो मिलाए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच