रियलमी सी ७५

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नयाँ रियलमी सी ७५ नेपालमा सार्वजनिक गरेको छ । अत्यधिक मजबुत बनावट, उच्च प्रदर्शन र आधुनिक विशेषतासहितको रियलमी सी ७५ ले नयाँ मापदण्ड कायम गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुुसार आइपी ६९ प्रमाणीकरण प्राप्त स्मार्टफोन धुलो र पानी प्रतिरोधी रहेको छ । आर्मरसियल ग्लासले यसलाई २६० प्रतिशत बढी ड्रप रेजिस्ट्यान्ट र चार सय प्रतिशत बढी स्क्राच रेजिस्ट्यान्ट बनाउँछ । साथै एक्कासी खस्दा, कम्पन हुँदा र चरम तापक्रम पनि सहन क्षमता रहेको छ ।

रियलमी सी ७५ मा रहेको छ हजार एमएएच ब्याट्रीले ५० घण्टाभन्दा बढी कल टाइम, १८ घण्टा भिडियो प्लेब्याक र ६० दिनको स्ट्याण्डबाई टाइम प्रदान गर्नुका साथै ४५ वाटको फास्ट चार्जिङ प्रविधिले ३० मिनेटमै ५० प्रतिशत चार्ज गर्न सक्छ । आठ गिगाबाइट डाइनामिक मेमोरीसाथमा १६ जिबीसम्म मेमोरी विस्तार गर्न सकिने विशेषता रहेको फोनमा १२८ जिबी र २५६ जिबी स्टोरेज अपसनका साथै माइक्रो एसडी कार्ड पनि समर्थन गर्छ ।

५० मेगापिक्सेलको एआई क्यामेराले उच्च–रेजोल्युसन, स्पष्ट र भाइब्रान्ट फोटो प्रदान गर्नुका साथै आठ मेगापिक्सेलको एआई ब्युटी फ्रन्ट क्यामेराले प्राकृतिक र उत्कृष्ट सेल्फी खिच्न मद्दत गर्छ ।

आठ प्लस १२८ जिबी भेरियन्टको मूल्य २६ हजार नौ सय ९९ र आठ प्लस २५६ जिबी भेरियन्टको २९ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?