घोरिवाला मार्टको एनिभर्सरी अफर योजना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । घोरिवाला मार्टले वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष एनिभर्सरी अफर योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत मार्च २८ तारिख देखि घोरिवाला मार्टबाट सामानहरू खरिद गर्दा ग्राहकले ७० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् ।

विगत साढे चार दशक देखि नेपाली हस्पिलिटी क्षेत्रमा सेवा दिँदै आएको घोरिवाला मार्टले बालकुमारी र रातोपुलबाट-ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर, एक्सेसरीज, क्रिस्टल, डेकोर, कार्पेट, होटेल वेयर,डिनरवेयर,ब्ल्यान्केट,गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रा मूल्यमा विक्री वितरण गरिरहेको छ ।

घोरिवाला मार्टले तारे होटल ,रिसोर्ट, रेस्टुरेन्ट,ब्याङ्केट, ट्रेनिङ्ग सेन्टर,होटल म्यानेजमेन्ट कलेज क्लब, बार, पार्टी-प्यालेस, क्यान्टिन, सुपर-मार्केट, ग्रोसरी मार्टलगायत घरायसी चाहिने किचेनलगायतका हरेक सामान सुपथ मूल्यमा विक्री गर्दै आइरहेको छ ।

मार्टबाट विगत ४७ वर्षदेखि ग्राहकको सन्तुष्टिलाई मध्येनजर गर्दै उत्कृष्ट सामानहरू विक्री वितरण भइरहेको छ । सेवाग्राही पनि हाम्रो सेवाबाट सन्तुष्ट रहेको निर्देशक विनय घोरिवालाले बताउनु भयो । यसका साथै घोरिवाला मार्टले बेला बेलामा विभिन्न स्किमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?