
मुगु । मुगुको पश्चिमी खत्याड गाउँपालिका अन्तर्गत पर्ने लुई गाउँमा अझै पनि परम्परागत कटुवाल प्रथा कायमै रहेको स्थानीय बासिन्दाले बताएका छन्। गाउँमा भएका गतिविधिहरू, विशेष गरी चोरी, झगडा वा अन्य घटना, जन्म,मृत्यु, बिकास, निर्माण, लगायतका सार्वजनिक सरोकारका बिषयमा खबर पुर्याउने जिम्मेवारी कटुवालको हुन्छ।
स्थानीय बुढापाकाका अनुसार, यो प्रथा पुस्तौंदेखि चलिआएको छ। पहिलेपहिले जब गाउँमा कुनै महत्त्वपूर्ण घटना घट्थ्यो, त्यसबेला कटुवाल गाउँका प्रत्येक घरमा खबर पुर्याउँथे। तर अहिले पनि यो चलन लुई गाउँमा यथावत नै छ । जसले गाउँको सामाजिक संरचना र सद्भावमा महत्वपूर्ण भूमिका खेलेको छ।
पहिले पहिले कटुवालेहरूलाई सामान्यतः गाउँका मुखियाले नियुक्त गर्ने प्रथा थियो । तर आजभोली बाबुको कटुवाले पेशा छोराले अगाल्नु पर्ने चलन चल्दै आएको छ । उनीहरूले गाउँका घर(घरमा खबर पुर्याउने मात्र नभई, मेलमिलाप कायम गर्न, विवाद समाधान गर्न तथा गाउँका महत्त्वपूर्ण निर्णयहरू सबैलाई जानकारी गराउने काम गर्छन्।
आधुनिक प्रविधिको विकाससँगै यो परम्परा लोप हुने अवस्थामा पुगेको भन्दै कतिपय स्थानीय चिन्ता व्यक्त गर्छन्। मोबाइल र सामाजिक सञ्जालको विकासले खबर आदान(प्रदानको तरिका बदलिएको छ। तथापि, केही गाउँमा अझै पनि यो प्रथा कायम रहेको देखिन्छ।
खत्याड गाउँपालिका वडा नं ११ लुई गाउँका स्थानीय समाज सेबी जङ्ग बहादुर कार्की भन्नुहुन्छ , ‘यो हाम्रो मौलिक संस्कृति हो। आधुनिक प्रविधिले यसलाई प्रतिस्थापन गर्न सक्छ, तर यसको ऐतिहासिक महत्त्वलाई बिर्सनु हुँदैन।’ हाल यो पेशा हाम्रो गाउँमा अहिले सम्म जिबितै छ । कटुवालेले गाउँको सामाजिक काममा ठुलो सहयोग पुर्याएको छ ।
झण्डै ३ सय घरधुरी रहेको लुई गाउँमा कटुवाले काम गरेबापत हरेक घरबाट बर्सेनि मानु मुठो धान, गहुँ , मकै लगायतको अन्नबाली ज्याला स्वरूप दिने गरिन्छ ।गाउँमा यो प्रथा अझै कति वर्ष टिक्ने हो भन्ने त भविष्यकै कुरा हो, तर लुई गाउँमा अहिले पनि कटुवाले प्रथा जीवित नै छ। यो प्रथाले अहिलेको बिज्ञान र प्रबिधिको जमनामा ऐतिहाँसिक परम्परागत झल्को दिईरहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच