
काठमाडौँ । समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।
आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बुधबार अपराह्नदेखि बैठक सुरु भएको हो ।
समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन् ।
मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्दैछ । सरकारका गलत क्रियाकलाप र राजावादीहरूको चलखेलविरुद्ध मोर्चाले प्रदर्शन गर्न लागेको हो । सोही प्रदर्शनबारे छलफल गर्न मोर्चाको बैठक बसेको हो ।
सोही दिन व्यवस्था विरोधी दल तथा समूहले पनि प्रदर्शन गर्दैछन् । मोर्चाले भृकुटीमण्डप र व्यवस्था विरोधीहरूले तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच