क्यानडामा हुने राष्ट्रिय शिखर एग्रिकल्चर अवार्डको ब्राण्ड एम्बेष्टरमा केसी र कार्की

Read Time = 1 min

काठमाडौं । क्यानडामा हुने राष्ट्रिय शिखर एग्रिकल्चर अवार्डको ब्राण्ड एम्बेष्टरमा लागि नायक दिनेश केसी र नायिका सबिना कार्कीलाई अनुबन्धित गरिएको छ । आयोजक संस्थाका अध्यक्ष शेखर खनालका अनुसार क्यानडाको नागराफल्समा आगामी अक्टोवर ११ तारिखमा सम्पन्न हुने चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्डमा उहाँहरूलाई अनुबन्धित गरिएको हो ।

किङ्डम इन्टरनेशन इन्वेष्टर ग्रुप क्यानडाको आयोजनामा यो अवार्डको चौथो संस्करण क्यानाडामा हुँदै छ । अध्यक्ष खनालका अनुसार तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्डमा सर्वोत्कृष्ट भएका कृषि फार्महरू र उत्कृष्ट कृषि उद्यमीहरूको चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड कार्यक्रममा सहभागिता रहनेछ । यो अवार्डको तेस्रो संस्रकण हालै काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा एक विशेष समारोहबीच सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?