नेपाल चलचित्र निर्देशक समाजको बेलायत च्याप्टर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजको बेलायत च्याप्टर गठन भएको छ । निर्देशक सनमकुमार बैरागीको संयोजकत्वमा नेपाल चलचित्र निर्देशक समाज बेलायत (यूके) च्यापटर गठन गरेको हो । अध्यक्ष जनकदीप पराजुली र महासचिव अरुणकुमार प्रधान चलचित्र ‘गोर्खा वारियर’को रेड कार्पेट प्रीमियर शोका लागि लण्डन पुग्नुभएको बेला यो चयाप्टर गठन गरिएको हो ।

बेलायतभरी कर्म थलो बनाएर रहेका नेपाली चलचित्र निर्देशकलाई एउटै छाता मुनि ल्याउन र नेपालमा आएर चलचित्रसम्बन्धी काम गर्दा सहज बाताबरण बनाउने उद्देश्यले यो च्यापटर गठन गरिएको बताइएको छ । च्यापटरका सयोजक निर्देशक सनमकुमार बैरागी र उप सयोजक प्रदीप शाही चयन हुनुभएको छ भने बेलायतभर रहका अन्य निर्देशक सदस्य रहेका छन् । इनास युके चलचित्र प्रबद्र्धन समिति तथा सयोजक मनिष श्रेष्ठको आयोजनामा उक्त कार्यक्रम सप्पन्न भएको थियो ।

उक्त कार्यक्रममा कलाकार संघको युकेका सहसचिव तथा नायिका सिर्जना निङ्लेखु, चलचित्र निर्माता पशुराम राई, निर्देशक आर्यम नकर्मी, सवीन श्रेष्ठ, दीपेश सिलवाल, आषिश श्रेष्ठ, प्रकाश श्रेष्ठ, अनिता ताम्राकार, राजेन्द्र खस, इनास युकेका अध्यक्ष विनोद चिपालुलगायत चलचित्रकर्मीको उपस्तिथि थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?