सिमली छायामा हरिवंश र विजय

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आफ्नो समकालीन पुस्ता र नयाँ पुस्तालाई समेत प्रभावित पार्दै सक्रिय काम गरिरहेका हरिवंश आचार्यले अभिनय क्षेत्रमा पाँच दशक बढी बिताइसक्नु भएका हरिवंशले यही लामो यात्राबारे अहिलेका चर्चित अभिनेता विजय बरालसँग भलाकुसारी गर्दै भन्नु भयो, ‘मेरो उमेर ६७ भयो, तर म काम गर्ने बेला तपाईंको उमेर ३७ वर्षको भएर सोच्छु ।’ दुई पुस्ताका यी कलाकारबीच तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अन्तिम दिनको अन्तिम सेसनमा भलाकुसारी भएको हो ।

आफूलाई शारीरिक रूपमा स्वस्थ राख्न अनुशासित भएर सामान्य कसरत गर्ने बताउँदै उहाँले भन्नुभयो, ‘मानसिक रूपमा स्वस्थ राख्न म नकारात्मक कुरालाई टेबल टेनिसको बललाई हिर्काएजस्तै गरी प्याट्ट अर्कोतिर फाल्छु ।’ उहाँले आध्यात्मिक रूपमा पनि ध्यान अभ्यासले फाइदा पुगेको सुनाउनु भयो । उहाँले चरित्र निर्वाह गर्ने क्रममा कहिले युवा त कहिले वृद्ध बन्नुपर्ने भएकाले आवश्यकता अनुसार डेन्टिङ पेन्टिङ पनि गर्ने बताउनुभयो ।

मण्डला थिएटरको आँगनमा उनले आफूले पहिलो पटक राष्ट्रिय नाचघरमा नाटक गर्दाको क्षण स्मरण गर्दै आफ्ना गुरुहरू जितेन्द्र महत अभिलाषी र हरिप्रसाद रिमाललाई सम्झिनु भयो । डायलग बोल्ने कुरामा गुरु रिमालले सिकाएको ज्ञान पछिसम्म उपयोगी भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, त्यसबेला अहिले जस्तो थिएटर नभएकाले रेडिमेड हलहरूमा गएर प्रस्तुति दिने दिन सम्झिँए ।’

हास्य व्यंग्य, प्रहसन र नाटकमा धेरै फरक छैन भन्दै उहाँले आफू सधैं नाटकको नजिक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा आफू नाटकको पृष्ठभूमिबाट आएकाले नै जग बलियो भएको तर्क गर्दै उहाँले अहिलको सिनेमा क्षेत्र नै थिएटरका कलाकारले नेतृत्व गरेको तर्क गनुभयो ।

पूर्णबहादुरको सारंगीपछि चर्चाको शिखरमा पुगेका विजयले हरिवंशलाई सोधे, एउटा सफल कलाकारले आफूलाई सफलताको विन्दुमा टिकाइराख्न कत्तिको सहज हुन्छ वा तनाव हुन्छरु त्यसलाई कसरी टिकाइराख्ने ? ‘उमेर र अनुभव यति धेरै भइसक्यो । तर मलाई हरेक पटक शोमा जानुभन्दा अगाडि मुटु ढुकढुक भइरहेको हुन्छ । दुई–तीन पल्ट ट्पाइलेट पनि जान्छु । मनमा एक किसिमको डर उत्पन्न भइरहेको हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यो डर नै अनुशासन हो । हरेकपटक लेख्दा यसअघिको भन्दा राम्रो लेख्न सक्छु कि सक्दिनँ भनेर सचेत हुन्छु ।’

पुराना सन्दर्भहरू स्मरण गर्दै गर्दा हरिवंशले आफ्नो आगामी फिल्म भूठानमा काम गर्दाको प्रसंगहरू पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘भूठानको स्क्रिप्ट दुई-तीनपटक पढेपछि यस चलचित्रमा काम गरेभने मैले पक्कै नयाँ केही गर्न सक्छु भन्ने लाग्यो । अनि मैले भूठानमा काम गर्ने निर्णय लिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?