
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु गणतन्त्रको पक्षमा रहनुभएको आरोप लगाउनुभएको छ ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री ओलीले विगतमा पनि गणतन्त्रको आन्दोलन चलिराख्दा गणतन्त्र नेपालमा सम्भव छैन भन्नुभएको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपिवद्ध गर्दा पनि हावाहुरीको कारणले हो, सम्भव छैन भन्नुभएको उल्लेख गर्दै विगतको पृष्ठभूमि र अहिलेको गतिविधि जोड्दा त्यही कुरा प्रमाणित हुने दाबी गर्नुभयो ।
उहाँले राजतन्त्रवादीहरु नविन सम्झौता गरौँ भनिरहेको, नेपाली काँग्रेस संविधान संशोधनमा हिन्दु गणतन्त्र भनेर लेख्नुपर्ने कुरा अगाडि बढाइरहेको भन्दै यसले अराजकता निम्त्याइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा जानको निम्ति बल गरिरहनुभएको छ । हिजो पनि उहाँले गणतन्त्रको आन्दोलन चलिराख्दा गणतन्त्र नेपालमा सम्भव छैन भन्नुभएको हो । पछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपिवद्ध गर्दा पनि हावाहुरीको कारणले हो, यो सम्भव थिएन भन्नुभएको थियो । हिजोको पृष्ठभूमि र आजको गतिविधि जोड्दा त्यही कुरा प्रमाणित हुन्छ । राजतन्त्रवादीहरु नविन सम्झौता गरौँ भनिरहेको छ, नेपाली काँग्रेस संविधान संशोधनको नाममा गरिएको नौटंकी अर्थात प्रतिवेदनमा हिन्दु गणतन्त्र भनेर लेखिएको छ । प्रधानमन्त्रीको यस्तो निम्छरो अभिव्यक्तिले यही अराजकतालाई मलबीउ लगाइरहेको छ ।’
सांसद किराँतीले प्रतिगमन, भ्रष्टाचार र बेथितिको बिरुद्धमा शान्तिपूर्ण ढंगले सडकमा प्रदर्शन गर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच