
झापा – चिया बगान मजदुरको हक, अधिकार स्थापनामा सक्रिय भक्तबहादुर विक (विश्वकर्मा) को ६४ वर्षको उमेरमा निधन भएको छ । उहाँको बुधबार साँझ बिएण्डसी अस्पतालमा निधन भएको हो । चिया मजदुरको स्थापनामा उहाँले साढे चारदशक लामो संघर्ष गर्नुभएको चिया बगान मजदुर संघका अध्यक्ष दीपक तामाङले बताउनुभयो ।
झापामा चियाको व्यावसायिक खेती भएसँगै विक मजदुरको हक, अधिकार स्थापनामा जुट्नुभएको थियो । २०३६ सालमा बर्ने चिया बगान र त्यसपछि बाह्रदशी चिया बगानमा काम गर्नुभएका विकले श्रम ऐनअनुसार सेवा, सुविधा दिलाउन संघर्ष गर्नुभएको थियोे ।
चिया बगान मजदुर संघ स्थापनाको अगुवाई गर्नुभएका विकले सो संघको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । लोकतान्त्रिक विचारधाराका उहाँ नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो । कांग्रेस महाधिवेशन प्रतिनिधि बनिसक्नु भएका विक अहिले झापा–१ को क्षेत्रीय प्रतिनिधिको भूमिकामा रहेको कांग्रेस झापा–१ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले बताउनुभयो ।
केही समय अघिदेखि मधुमेह र मुटु रोगको सामना गरिरहनु भएका विकको स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार उहाँलाई उपचारका लागि बिएण्डसी अस्पताल लगिएको थियो । प्रेसर र किड्नीसम्बन्धी समस्याको पनि सामना गरिरहेका उहाँलाई अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
विकको निधनले नेपालको चिया क्षेत्रले एकजना जुझारु अगुवा र इमानदार नेता गुमाएको संघका अध्यक्ष तामाङले बताउनुभयो । ‘मजदुरको हक, अधिकार र संघ स्थापनामा उहाँको योगदान अतुलनीय छ । उहाँको निधनसँगै मजदुरको अधिकार स्थापनाका अथक अग्रज र चिया क्षेत्रको जानकार व्यक्ति मुलुकले गुमाएको छ, अध्यक्ष तामाङले भन्नुभयो ।’ झापाको बुद्धशान्ति गाउँपालिका–४ का स्थायी बासिन्दा विकका श्रीमती, एक छोरी र दुई छोराहरू हुनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच