काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण टिमले बिहीबार पोष्टर सार्वजनिक गर्दै चलचित्र २३ जेठमा आउने जानकारी दिएका छन् । कलाकार सौगात मल्ल, आसिफ शाह र गरिमा शर्माको शीर्ष भूमिका रहेको चलचित्रको पोष्टरमा तीनजना पात्रलाई चित्रण गरिएको छ । आसिफ र गरिमाको पात्रलाई रोमान्टिक देखाइएको छ । सौगात अर्को कुनाबाट उनीहरूलाई हेरिरहेका छन् ।
पोष्टरमा भूइँमा बसेको बाख्रोलाई चश्मा लगाइदिएर रोमान्टिक थिम दर्शाउन खोजिएको छ । चलचित्र ‘जन्ते बाख्रो’ ले बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजको वरिपरि घुम्ने सामाजिक कथालाई हाँस्य शैलीमा प्रस्तुत गर्ने बताइएको छ ।
सिमोस सुनुवारले निर्देशन गरेको यो चलचित्रमा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतको अभिनय छ । प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको यो चलचित्रको निर्माता सन्तोष गौतम हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच