
रुपन्देही । रुपन्देहीमा प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
चैत २३ गतेदेखी शुरु हुने प्रतियोगिताकोे तयारी अन्तिम चरणमा पुगेको आयोजक बीस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराउनु भयो ।
बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा सिद्धेश्वरी लालकुमारी माबि खेलमैदानमा हुने प्रतियोगिताको लागि दुई महिनादेखी मैदान मर्मत चलिरहेको उहाले बताउनु भयो । प्रतियोगितामा भाग लिने आठ टिमको टुगो लागेको उहाले बताउनु भयो । दर्शकलाई सहजताका लागि अस्थाई प्याराफिट निमार्ण गरिएको तथा टिकटको ब्यवस्था गरिएको छ । प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीहरु विभिन्न टिमबाट खेल्ने थापाले बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले फुटबलको उर्वरभुमीका रुपमा पहिचान बनाएको रुपन्देहीमा पछिल्लोसमय महिला फुटबलको आर्कषण रहेको बताउनु भयो ।
कार्यक्रममा संयोजक बुद्धि बहादुर दर्जीले प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताउनु भयो । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयासहित कप तथा ४ जना उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजारसहित कपबाट पुरस्कृत गरिने दर्जीले बताउनु भयो । प्रतियोगितामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारतको टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने उहाको भनाई छ । चैत २३ गतेदेखि ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच