
गुल्मी । गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमको क्याम्पस प्रमुखमा सूर्य उपाध्याय नियुक्त हुनु भएको छ । क्याम्पस सञ्चालक समितिको बैठकले उपाध्यायलाई एक महिना परीक्षणकाल रहने गरी आगामी चार वर्षको लागि क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
यस क्याम्पसमा विसं २०७१ सालदेखि आंशिक रुपमा अध्यापन रहनुभएका उहाँ विसं २०७५ माघ २० गतेदेखि पूर्णकालिन अस्थायी शिक्षण सहायक र वि।सं। २०७९ फागुन ०१ गतेदेखि स्थायी उप–प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । यस क्याम्पसमा लेखाशास्त्र विषय अध्यापनसँगै उहाँले एमबिएस संयोजकको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएको छ ।
क्याम्पसको विधान बमोजिम कुनै व्यक्ति दुई कार्यकालसम्म क्याम्पस प्रमुख हुने व्यवस्था रहेको हुँदा सञ्चालक समितिले उपाध्यायलाई क्याम्पस प्रमुख नियुक्त गरेको हो । त्यसैगरी सञ्चालक समितिको बैठकले सहायक क्याम्पस प्रमुखमा उप–प्राध्यापकद्वय नारायण भुसाल र निलम बन्जाडेलाई नियुक्त गरेको छ । उहाँहरूको दुई वर्षे कार्यकाल रहेको बताइएको हो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामी, निवर्तमान क्याम्पस प्रमुख हरिबहादुर खत्री, स्ववियु अध्यक्ष सुदिप खत्री, प्राध्यापक, उप–प्राध्यापक तथा कर्मचारीहरूको उपस्थितिमा नवनियुक्त क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखले पदभार ग्रहण गर्नुभयो । त्यसअवसरमा सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले क्याम्पसलाई शैक्षिक गुणस्तरमा अब्बल बनाउनुका साथै क्याम्पसलाई देशमै नमुना बनाउन सक्ने गरी प्रविधिको भरपुर प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिको गत जेठ १५ गतेको निर्णयलाई पूर्णरूपमा कार्यान्वयन गर्ने जिम्मा विशेषगरी क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको रहेको भन्दै उहाँले क्याम्पसलाई थप सुदृढ क्याम्पस निर्माण र क्याम्पसमा अनुशासन कायमसँगै सबैसँगको समन्वयमा अगाडी बढ्न महत्त्वपूर्ण भूमिका र दायित्व रहेको बताउनुभयो । निवर्तमान क्याम्पस प्रमुख हरिबहादुर खत्रीले क्याम्पसलाई शैक्षिक गुणस्तरमा अब्बल बनाउन सबै पक्षको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । क्याम्पसको विकास र विस्तारका लागि सबै एकै ठाउँमा रहेर नवीन रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नवनियुक्त क्याम्पस प्रमुख सूर्य उपाध्यायले रेसुङ्गा बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरमा अब्बल बनाउन र उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्नका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्ने बताउनुभयो । यसका लागि टिमवर्क अत्यन्तै महत्त्वपूर्ण भएको भन्दै उहाँले गुणस्तरीय शिक्षामा जोड दिएर क्याम्पसलाई देशकै सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट क्याम्पसको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।
विसं २०३९ सालमा स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर तहसम्मको अध्ययनरअध्यापन हुँदै आएको छ । हाल यस क्याम्पसमा ७२० विद्यार्थी अध्ययनरत छन् । गुल्मी जिल्लाको शैक्षिक धरोहरको रूपमा रहेको यस क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले विसं २०७६ जेठ १२ मा संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) सर्टिफिकेट समेत प्रदान गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच