
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोशी प्रदेश मोरङको बुढीगंगा गाउँपालिका २ मा अवस्थित लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरेको छ ।
दलित, जनजाति, अनाथ तथा विपन्न वर्गका करिब १५० बालबालिकालाई निःशुल्करूपमा अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको सो विद्यालयलाई विद्यार्थीको पठनपाठनमा सहजता होस् भन्ने हेतुले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।
विद्यालयमा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्दै बैंकको सानो सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । विपन्न विद्यार्थीलाई सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच