५ महिना अघि राख्न दिएको ग्रिनेट सेनाद्वारा निस्कृय

Read Time = 2 mins

-डम्मर बुढा मगर
बागलुङ । लामो समयदेखि बेवारिसे जस्तै रहेको ग्रिनेट नेपाली सेनाले निस्कृय बनाएको छ । तमानखोलामा भेटिएको ग्रिनेट नेपाली सेनाले शनिवार राती निस्कृय पारेको हो ।

तमानखोला गाउँपालिका वडा नम्बर ३ को सेर्माखाला बस्ने स्थानीय टेकमाया बुढाको घरमा उक्त ग्रिनेट भेटिएको थियो । भेटिएको ग्रिनेट घोडाबाँधे स्थित श्रीमेहर गणबाट खटिएको टोलीले निस्कृय बनाएको हो ।

टेकमायाका ज्वाई मानबहादुर रोकायले ५ महिना अगाडि राख्न दिएको र झोला खोली हेर्दा डल्लो बस्तु भेटिएको थियो । उक्त बस्तु ती महिलाले शनिबार छिमेकीलाई देखाउनु भएको थियो । स्थानीयले उक्त बस्तु खतरा हुन सक्ने भन्दै सेनालाई खवर गरेका थिए । उक्त बस्तु राख्न दिने रोकाय भूतपूर्व भारतीय सेनाका जवान हुन् ।

उक्त जानकारी पाएपछि श्रीमेहर गणका गणपति देवभक्त माडी श्रेष्ठले डिस्पोजल टोली पठाउनु भएको थियो । टोलीले सफलतापूर्वक निस्कृय पारेकोले केही क्षति नभएको श्रेष्ठले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?