डा.पोखरेल र विवशलाई शंकर लामिछाने पुरस्कार

Read Time = 2 mins

काठमाडौं । वरिष्ठ निबन्धकार प्रा.डा.माधव पोखरेल र नियात्राकार ज्ञानेन्द्र विवशलाई शंकर लामिछाने पुरस्कार अर्पण गरिने भएको छ । शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ९६औं जन्मोत्सव समारोह आगामी चैत ५ गते यी पुरस्कार अर्पण गरिने भएको हो । वरिष्ठ निबन्धकार पोखरेल र नियात्राकार विवशलाई नगद पचास हजार रुपैयाँ राशीसहितको शंकर लामिछाने निबन्ध पुरस्कार र युवा निबन्ध पुरस्कार प्रदान गरिने भएको हो ।

उहाँहरूलाई पुरस्का अर्पण गर्ने सो निर्णय प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले गरेको हो । पुरस्कार सिफारिश समितिमा साहित्यकारहरू प्रमोद प्रधान, श्रीओम श्रेष्ठ ‘रोदन’ र युवराज नयाँघरे रहनु भएको थियो ।

यसअघि ‘शंकर लामिछाने निबन्ध पुरस्कार’बाट वरिष्ठ निबन्धकारहरू कृष्णचन्द्र सिंह प्रधान, प्रा.डा.दुर्गाप्रसाद भण्डारी, डा.ताना शर्मा, श्यामप्रसाद शर्मा, प्रा.बालकृष्ण पोखरेल, घनश्याम राजकर्णीकार र गणेश रसिक सम्मानित भइसक्नु भएको छ ।

यसैगरी ‘शंकर लामिछाने युवा निबन्ध पुरस्कार’बाट निबन्धकारहरू श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, झमक घिमिरे, भीष्म उप्रेती, डा.दामोदर पुडासैनी, मोमिला जोशी र प्रतीक ढकाल पुरस्कृत भइसक्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?