ललितपुरमा बृहत् स्वास्थ्य शिविरको आयोजना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । ललितपुरको सौगः मा बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शुक्रबार चन्द्रसूर्य पुस्तकालयको स्वर्ण महोत्सवको उपलक्ष्यमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । जसको सहकार्य मिसा पुचः ले गरेको थियो ।

शिविरमा ल्याब टेस्ट, इसिजी, युएसजी, जर्नल मेडिसिन, स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नशारोग, छालारोग, नाक, कान, घाँटी, दन्तरोग र आँखारोगका सेवाहरू दिइएको थियो ।

शिविरमा करिब तीन सयजनाले लाभ लिएको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलले जनाएको छ । कलेजले उक्त शिविरमा प्राविधिक सहयोग गरेको थियो । रूपक बाराही संयोजक रहेको कार्यक्रमको सहसंयोजक सुमित्रा महत कर्मार्चायले गर्नुभएको थियो ।

जसमा सहयोगी संस्था लाइफलाइन हेल्थ होम केयर रहेको छ भने शिविरको कार्यक्रम पार्टनर आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको थियो । कार्यक्रमको अध्यक्षता पुस्तकालयका कार्यकारी अध्यक्ष राजेश चित्रकारले गर्नुभएको थियो भने प्रमुख अतिथि ललितपुर वडा नम्बर १२ का वडाध्यक्ष नारायण लाल अवाले गर्नुभएको थियो ।

यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा वडा नम्बर ८ का वडा अध्यक्ष बाबुरत्न महर्जनले गर्नुभएको थियो । यस्तै अतिथिमा काठमाडौं मेडिकल कलेजका प्रबन्धक डा. सुमन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?