सन्दर्भः अन्तराष्ट्रिय श्रमिक दिवस-श्रमिकका समस्या बुझ्दैनन् मालिक, सरकारले चासै राख्दैन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । आज मे १ अर्थात् १ सय ३४ औं विश्व मजदुर दिवस । विश्वभरका श्रमिकले विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर यो दिवस मनाइदै छ ।

तर, म्याग्दीको बेनी-दरवाङ सडकखण्डमा मजदुरी गर्ने रिता परियार, म्याग्दी नदीबाट बालुवा उठाएर विक्रि गर्ने श्याम दर्जी, सदरमुकाम बेनी बजारको एक होटलमा कामगर्ने सुनिता किसानलगायत जिल्लाका निजि तथा संस्थागत विद्यालय र संघसंस्थामा काम गर्ने सयौं श्रमजीविहरुलाई श्रमिक दिवसले छोएको छैन ।

दैनिक ज्यालादरी गरेर जीवन यापन गर्ने श्रमिक मात्रै होइन विभिन्न निजी क्षेत्रका विद्यालय र संघसंस्थामा वौद्धिक काम गर्ने श्रमिकहरुलाई पनि यो दिवसका बारेमा खासै मतलव छैन ।

बेनी-दरवाङ सडक खण्डमा मजदुरी गर्ने टेकवहादुर विकलाइ आज त श्रमिक दिवस हो, आरा म गर्ने दिन तपाईंले दिवस मनाउने होइन ? भन्ने प्रश्न गर्दा विकले भन्नुभयो “एक दिन दिवस मनाएर के गर्नु भोलिदेखि भारी नबोकी खान पुग्दैन । छाक टार्न काम गर्नैपर्छ । आज मजदुर दिवस मनाउन गयो भने एक दिनको कमाइ हानी हुन्छ ।”

सरकारले मदजुरको होइन मालिकका लागि मे दिवस मनाउन गरेको र आफुँजस्ता श्रमिकको समस्या मालिकले मात्रै होइन राज्यले समेत नसुनिदिने गरेको उहाँको भनाइ छ ।

सरकारले एकतिर हरेक मजदुरलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भन्दै मे दिवस मनाइरहेकाे छ । भने, अर्कोतिर कतिपय मजदुर भने मे दिवस कहाँ कसरी मनाइदै छ भनेर अनविज्ञता प्रकट गर्छन । सदरमुकाम बेनी बजारको नजिक निजि विद्यालयमा अध्यापनरत एक शिक्षकले श्रमिकको हकहितका लागि मनाइने मे दिवसले वास्तविक श्रमिकहरुलाई छुन नसकेको बताउँदै सरोकारवालाहरुले सँधै मजदुरको बाध्यतालाई बुझ्ने गरी काम गर्न सुझाव दिनुभयो ।

त्यसैगरी दरवाङ बजारमा पेटी निर्माण काम गरिरहनुभएका तारा श्रीषलाई पनि मे दिवसले छोएको छैन । श्रीष अरु दिन जस्तै आजपनि बिहानै देखि काममा खटिनुभएको छ । उहाँले भन्नुभयो “मैले निर्माण क्षेत्रमा काम गरेको ९ वर्ष भयो । अहिलेसम्म मे दिवस मनाएको छैन । हामी जस्ता काम गर्ने गरीबलाई किन मनाउनु पर्‍यो मजदुर दिवस ।” मे दिवसका दिन पनि ठेकेदारले छुट्टी नदिने गरेको उहाँको भनाइ छ ।

मे दिवसमा विकसित देशले श्रमिकका सेवा सुविधा परिमार्जन र बृद्धि गर्ने गरेका छन् । तर, नेपालमा मे दिवस मनाइएपनि मजदुरका लागि त्यस्ता सेवा सुविधामा वास्ता हुँदैन । यो दिवस श्रमिकमैत्री भन्दा पनि राजनीतिक दल केन्द्रित हुने गरेको छ । जसका कारण वास्तविक मदजुर मे दिवस मनाउन उत्साहित नदेखिने गरेका नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव एवम् स्थानीय समाजसेवी क्या.मीनवहादुर कार्कीले बताउनुभयो ।

केन्द्रीय तंथ्याक विभागको तंथ्याक अनुसार नेपालमा करिब २० लाख ज्यालादारीका श्रमिक रहेका छन् । उनीहरु सरकारले निर्धारण गरेको सेवा सुविधा नलिइ आफनै ढंगले विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । देशभर नीजि र सरकारी क्षेत्रमा ७० लाखभन्दा बढि विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक छन् ।

अमेरिकाको सिकागो सहरका मजदुरले १ मे १८८६ मा ८ घण्टा काम, ८ घण्टा विश्राम र ८ घण्टा मनोरञ्जनको माग राख्दै आन्दोलनमा गरेका थिए ।

करिब ४ वर्ष लगातार मजदुरको आन्दोलनपश्चात् अमेरिकी सरकार मजदुरलाई ८ घण्टा मात्र काममा लगााउने कानुन बनाउन र मजदुरले राखेको अन्य माग पूरा गर्न बाध्य भयो । यसरी मजदुरले आन्दोलनबाट विजय हासिल गरेको दिनको सम्झनामा मे दिवसका रुपमा मजदुर दिवस मनाउन थालिएको हो ।

१ मेलाई दिवसका रूपमा मनाउन सन् १८९० मा एंगेल्सको अगुवाइमा भएको दोस्रो कम्युनिस्ट इन्टरनेसनलको सम्मेलनमा छलफल भई निर्णय भएको आधारमा १ मे १८९० देखि विश्वभर मे दिवस मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रस्ताव सुनको मूल्य तोलामा चार हजार आठ सयले बढ्यो, आज कतिमा हुँदैछ काराेबार… सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : रवि लामिछाने सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला भएको छैन, तर केही छनक देखिनुपर्थ्यो :… विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड र ४४ नयाँ गाडी सार्वजनिक हुँदै तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति ५० प्रतिशत, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको… इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान