
झापा । पत्रकार सुरेश रजकको हत्या विरोधमा झापाली पत्रकारले शनिबार बिर्तामोडमा विरोध र्याली र सभा सम्पन्न गरेका छन् । आगो लगाएर शुक्रबार हत्या गरिएको पत्रकार रजकका हत्यारालाई कारबाही नगरेसम्म आफूहरू सडकमै बस्न पनि तयार रहेको झापाली पत्रकारले उद्घोष गरेका छन् ।
राजतन्त्र पुनः स्थापनाका जनकमाण्डर भनिएका दुर्गा प्रसाईंका कर्तुतको भण्डाफोर गर्न पनि आफूहरू तयार रहेको झापाली पत्रकारले चेतावनी दिए । हत्या विरोधसभाका वक्ताले प्रसाईंको कालो कर्तुत र विगतका गतिविधि समेत अक्षम्य रहेको बताएका थिए । उनीहरूले प्रदर्शनको आवारणमा पत्रकारको हत्या र लुटपाट मच्चाइएकोले घटनामा सम्लग्नलाई उमुक्ती दिन नहुने बताए ।
" दुर्गा प्रसाईंको हुन्, हामीलाई राम्रो थाहा छ, झापाली पत्रकारले अब तिम्रो सक्कली चरित्र उदाङ्गो पार्छन् " नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटाले भन्नुभयो," मेडिकल चलायौ, राम्रो काम गर्यौ भनेर झापाली पत्रकारले साथ दिए, समर्थन गरे, आगो लगाएर पत्रकारको हत्यामा उत्रियौ झापाली पत्रकारले व्यक्ति हत्या जस्तो जघन्य अपराधमा तिमीलाई किन्चित छोड्दैनन्, तिम्रो अराजकता अब धेर दिन टिक्दैन । "
सापकोटाले प्रसाईंलाई तत्काल पक्राउ गरेर कारबाही गर्न सरकारसँग माग गर्नुभयो । राजतन्त्र र राजावादीको आन्दोलनलाई झापाली पत्रकारले " विनासकाले विपरीत बुद्धि " को संज्ञा दिएका छन् । कुनै पनि हालतमा राजा स्वीकार्न नसकिने बताएका झापाली पत्रकारले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर जेल हाल्न मागसमेत गरेका छन् ।
" प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि प्रतिबन्ध लागाउने, सञ्चार माध्यम र सञ्चार संस्था बन्द गर्ने ज्ञानेन्द्र शाह हुन्, यो संसारले बिर्सेको छैन " महासंघका पूर्वकेन्द्रीय सदस्य मोहनकाजी न्यौपानेले भन्नुभयाे," फेरि एकजना पत्रकार भूतले निल्यो, यसको मूल्य चर्को हुनेछ, पाइपाइ हिसाब गरिन्छ ।"
बक्ताहरुले राजतन्त्र ब्युँताउने त के सपना नदेख्न समेत चेतावनी दिनुभएकाे थियाे ।
मानव अधिकारकर्मी डा. रुपक खनालले पत्रकार हत्या जघन्य अपराध भएको बताउनुभयो । उहाँले हत्यामा सम्लग्नलाई कुनैपनि अवस्थामा उन्मुक्ति दिन नहुने बताउनुभयो । विरोधसभा अघिको प्रदर्शनमा झापाका सयौं पत्रकार सहभागी थिए ।
हत्याको विरोधसभा अघिको प्रदर्शनमा प्रेस स्वतन्त्रता जिन्दावाद, पत्रकारको हत्यारालाई कारबाही गर, पत्रकार सुरक्षाको ग्यारेण्टी गर,सञ्चार माध्यममाथिको आक्रमण बन्द गर, आन्दोलनका नाममा अराजकता बन्द गर जस्ता गगनभेदी नारा लगाइएको थियो । बिर्तामोड परिक्रमापछि र्याली मुक्तिचोकमा पुगेर सभामा परिणत भएको थियो ।
राजावादीको प्रदर्शनमा हिजो काठमाडौँको तीनकुनेको एक घरमा पत्रकार रजकको भिडियो खिच्ने क्रममा आगो लगाएर हत्या गरिएको हो । एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको हत्या गरिएपछि नेपाल पत्रकार महासंघ देशव्यापी रूपमा आन्दोलित भएको छ ।
आज विरोध र्याली र सभा गरेको महासंघले जिल्ला सदरमुकाममा प्रदर्शन र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ । महासंघलेले न्याय नपाएसम्म आन्दोलनलाई सशक्त बनाउँदै निरन्तरता दिने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच