श्रेष्ठ एफएफसीको महिला कमिटीमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य सरिला श्रेष्ठ एसियाली फुटबल महासंघ (एएफसी)को महिला कमिटिको सदस्यमा मनोनित हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरिला एएफसीको महिला कमिटीको सदस्यमा मनोनित भएको जनाएको हो ।

सरिला एन्फा महिला कमिटिका संयोजक पनि हुनुहुन्छ । यसअघि एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ एएफसीको डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा मनोनित हुनुभएको हो । त्यस्तै उपाध्यक्ष दावा लामा एएफसी सामाजिक उत्तरदायित्व समितिको सदस्यमा मनोनित हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?