‘भोजपुरैको बजारैमा…’ भन्दै वान्तु

Read Time = 1 min

काठमाडौं । गीतकार अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा...’ सार्वजनिक भएको छ । राज सागरको स्वर र शान्तिराम राईको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा भोजपुरको शनिबारे हाट बजारमा मायालाई भेटिएको साथै भोजपुरका बारेमा वर्णन गरिएको छ । भोजपुरमा जन्मिएर काठमाडौंलाई कमर्थलो बनाइ थुप्रै सिर्जना पाठक तथा दर्शकमाझ पस्किनुभएका सर्जक बान्तुका थुप्रै गीत श्रोता-दर्शकमाझ लोकप्रिय छन् । कवि एवं गीतकार अमर बान्तुले ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’एल्बम पाठक/श्रोता र दर्शकमाझ ल्याउनुभएको छ ।

उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरु’ पहिलो काव्यकृति हो । गीतलेखन तथा सामाजिक कार्यहरूमा पनि आफूलाई सक्रिय बनाउँदै आउनुभएका अमरको ‘गर्मी भयो धरान...’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?