पहिलो खेलमै अल नासर पराजित

Read Time = 2 mins

साउदी । अल नासर क्लबले सिजनको पहिलो खेलमा साउदी प्रो लिगमा हार बेहोरेको छ । सोमबार राती भएको खेलमा अल इतिफकले अल नासरलाई दुई-एकले पराजित गरेको हो । स्टेभन जेरार्डको प्रशिक्षणमा रहेको अल इतिफकले अल नासरमाथि पुनरागमन जित हात पारेको हो । कप्तान क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा अल नासरका लागि साडियो मानेले अग्रता दिलाउनुभएको थियो ।

उहाँले खेलको चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभएको हो । दोस्रो हाफको ४७औँ मिनेटमा रोबिन क्वेजनले अल इतिफकका लागि बराबरी गोल फर्काउनुभयो । ५३औँ मिनेटमा गोलरक्षक नवाफ अल अकिदीको गल्तीमा मौसा डेम्बेलेले दोस्रो गोल गर्दै अल नासरलाई पराजित गर्नुभयो । नवाफले क्रसमा आएको बल फुस्काएपछि डेम्बेलेले गोल गर्नुभएको थियो ।

लिगको पहिलो चरणमा अल इतिहादले अल राएदलाई तीन-शून्यले पराजित गर्दा अल हिलालले अभामाथि तीन-एकको जित निकाल्यो । त्यसअघि शुक्रबार रोबर्टो फिर्मिनोको हृयाट्रिकमा अल आहलीले अल हाजमलाई तीन-एकले हराएको थियो ।

यता, म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा वल्भरहृयाम्पटन वान्डरर्सलाई एक-शून्यले पराजित गरेको छ । युनाइटेडको जितमा डिफेन्डर राफाएल भारानले निर्णायक गोल गर्नुभयो । भारानले खेलको ७६औँ मिनेटमा गोल गर्नुभएको थियो ।
ब्रुनो फर्नान्डेसले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट पास निकालेपछि वान बिसाकाले दिएको पहिलो बललाई भारानले हेडरमार्फत् गोल गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?