
राँगादीपको दिप्ली र पारि लिस्पु प्राप्चा जोड्ने गरी फलामको झोलुंगे पुल छ । कहिले बनेको थियो त्यो थाहा भएन । त्यही पुलबाट मानिसहरू वारिपारि गर्थे । मलाई झोलुंगे पुल हल्लिदासमेत रिंगटा लाग्छ । बिस्तारै नारद र म पुलमा दुईतिर समाउँदै तर्न लाग्यौँ । नारद नडरा भन्दै अघि लागे, म पछाडि तर, बीचमा जब खोलाको मूलधारमाथि पुगियो भनन रिँगटा लाग्यो र म त थचक्क बसेँ । चारैतिर पुल, खोला, पारि जंगल घुमेको देखियो । नारदले कराउँदै भने: पारि मात्रै हेर । खोलामा आँखा नपु¥याउनू, खोलातिर पटक्कै नहेर्नू र बिस्तारै बरू बसेर घिस्रनू । मैले त्यसै गरेँ र बिस्तारै सर्दै सर्दै पुलको पल्लो जिपमा पुगेँ ।
कहाँ जाने अब ? नारदले भने फुपूको घरमा जाने र आज बस्ने अनि भोलि नेपाल लाग्ने । असाध्य कठिन उकालो छ प्राप्चा दाहालगाउँ पुग्ने । मेरो पनि फुपूको घर छ गैराबारीमा । मलाई थाहा थियो । मेरा पिताजीकी मामाकी छोरी गैराबारी अन्तरी । म पनि फुपूका घरमा जाने सल्लाह भयो तर घर कता हो स्मृतिमा थिएन । गाउँको बीचगल्लीमा पुगेपछि एकजनाले गैराबारी अन्तरीको घर देखाइदिनुभयो । मलाई काँधमा राखेर उहाँले चोर औंलोले फुपूको घर चिनाउनुभयो । अनि नारद आफ्नै फुपूका घरतिर लागे म आफ्नै फुपूका घरमा पुगेँ ।
केही दिन बस्नुपर्ने भयो । त्यस दिन बिहानै माथि कालीमन्दिरमा पूजा गर्ने योजना रहेछ फुपूका जेठा छोरा परशुराम दाजुको । काशी दाजु भने घरमा हुनुहुँदैनथ्यो त्यस बेला । भालुथुम्काको डाँडामा रहेको कालीमन्दिर असाध्य प्रख्यात छ । त्यस मन्दिरलाई देवीशक्तिपीठका रूपमा लिने गरिन्छ । परशुराम दाजुले मलाई पनि मन्दिरको दर्शन गर्न हिँड भन्नुभयो । मैले घरबाट भागेर हिँडेको जानकारी दिएको थिइन । फुपूदिदीले ख¥याउँदै सोध्नु भए पनि म सल्लाहले यहीसम्म आएको भनिरहेँ तर पत्याए जस्तो लागेन । बिगुटार भाइलाई खबर गर्नुपर्छ कि भन्दै हुनुहुन्थ्यो ।
पिताजीले आफू राजधानी काठमाडौंमा बसेको समय विसं १९९० देखि २००६ सम्म शिवपुरी बाबाको सान्निध्यका विषयमा बाटाभर जानकारी दिनुभयो । म पिताजीका पछि लागेर घर पुगेँ । मलाई देख्नासाथ आमाका आँखामा बरर आँसु खसे । आमाले सोध्नुभयो, ‘तँलाई हामीले के भनेका थियौँ र थाहै नदिई यो बर्खाको डरलाग्दो भेलमा घरबाट निस्केको ?
कहिले नेपालतिर लाग्ने कसरी लाग्ने नारद र मेरो यसपछिको कुनै सल्लाह थिएन । परशुराम दाइ र फुपू दिदीसमेतको जोडमा म कालीमन्दिर जाने भएँ । बिहानै हामी उकालो लाग्यौँ । प्राप्चा दाहालगाउँबाट घ्याम्पाको बाटो हुँदै खरबारी, अपट्टे भीर पहरो चढ्नुपर्ने रहेछ । उँधो हे¥यो भने खुट्टा काम्ने र पसिना छुट्ने । दाजुले भन्नुभयो रिँगटा लागे उँभो हेर्नु र खरका बुटा समात्नु नत्र लडिन्छ नि । यस्तो भीर म कहिल्यै हिँडेको थिइन । डराई–डराई उकालो लाग्यौँ । भदौको सुरुका चर्का घाम । खलखली पसिना आएको छ । पानी छैन । तैपनि हामी बिस्तारै हिँड्यौँ र करिब डेढ वा दुई घण्टामा डाँडामा पुग्यौँ । दाजुले पूजा गर्नुभयो र साँझमा हामी तल घर आइपुग्यौँ ।
मलाई बिस्तारै घरको, बाआमाको, भाइबहिनीको सम्झना आउन लागेको थियो । त्यस रात म निकै रोएँ । बाआमालाई यसरी ढाँटेर हिँडेकोमा निकै पछुतो लाग्यो । हामी कालीमन्दिर गयौँ, यता नारदका पिताजी मनोरथ पौडेल भने प्राप्चा आउनुभएछ, मलाई नभेटे पनि नारदलाई लिएर घर फर्कनु भएछ । पोल त खुलिहाल्यो । भागेर आएको र ढाँटेको भनेर थाहा पाएपछि दिदीले खुब सम्झाउनु भयो । केही महिनापहिले मात्रै मेरी ठूलदिदीको बिहे प्राप्चाका पाखावाग्लेका काइला छोरा मणिराजसँग भएको थियो तर दिदी बिगुटारमा नै हुनुहुन्थ्यो । अनि फुपूदिदीले आफ्नी दिदीको घर हेर्न हिँड् भन्नुभयो र पुगेँ तर मलाई त्यहाँ बस्न मन लागेन । भिनाजुसँग त्यति भेराइँचो भएको थिएन, अरूलाई चिन्दिनथेँ ।
फुपूदिदीकै घरमा म निकै दिन बसेँ । नारद बिगुटार फर्केपछि नेपाल जाने अभियान पनि अन्त्य भयो । घरमा पौडेल कान्छाले खबर पु¥याएपछि चिन्ता पनि भएन तर आमा दिनभर रुनु भएछ छोरा हराएको भनेर । निकै दिनसम्म उहाँले खानुभएन छ । अन्तिममा, दश पन्ध्र दिनपछि पिताजी आफैँ प्राप्चा आएर मलाई घर लैजानुभयो । म त डरले तर्सिरहेको थिएँ तर एक शब्द केही भन्नुभएन । बाटोमा राम्ररी पढ्नु भन्नुभयो ।
आफू राजधानी काठमाडौंमा बसेको समय विसं १९९० देखि २००६ सम्म शिवपुरी बाबाको सान्निध्यका विषयमा बाटाभर जानकारी दिनुभयो । म पिताजीका पछि लागेर घर पुगेँ । मलाई देख्नासाथ आमाका आँखामा बरर आँसु खसे । आमाले सोध्नुभयो, ‘तँलाई हामीले के भनेका थियौँ र थाहै नदिई यो बर्खाको डरलाग्दो भेलमा घरबाट निस्केको ? अब यस्तो नगर्नू ल । म मौन । आमालाई ढोगेँ र केही नबोली तर असाध्य पश्चात्ताप अनुभव गर्दै थचक्क बसेँ ।
(११) ठूलीमाइजूको हर्पेको घ्यू:
मावली सर्वप्रिय हुन्छन् । घरभन्दा प्रिय हुन्छ मामाको घर । त्यसमा पनि समवयस्क दाजुभाइ, दिदीबहिनी छन् र असाध्य माया गर्ने माइजूहरू छन् भने त कुरै फरक । मेरो व्रतबन्ध भएको थिएन । एक दिन कान्छामामा हाम्रो घर बिगुटारमा आउनुभयो । त्यो समय फागुनको थियो । कान्छामामासँग हामी अलिक धक मान्थ्यौँ । तोजिङ काइली ठूल्यामाको घर हुँदै हाम्रो भँगेरी टोलमा आउनुपथ्र्यो । मामाहरू सल्यानबाट आउनुहुँदा हाम्रै घरमा बस्न आउनुहुन्थ्यो । मामा शुक्रबार बेलुका आउनुभयो र शनिबारको ओखलढुंगा हाट भरेर फर्किने हुनुभयो । सल्यानदेखि हाट भर्न आउने चलन थियो । लुगाफाटो, नुन, मरमसाला आदि किन्न ओखलढुंगा नै आउनुपर्ने बाध्यताले ।
मामासँग म पनि हाट जान जिरह गरेँ । केही मिठाईका दाना र मिश्री खान पाउने लोभ थियो । मामासँग गएपछि त भानिजको इच्छा पूरा हुनै पर्नेछ । अहिले मामासँग गए पनि कसरी फर्कने भन्ने समस्या त हुन्छ । आमाले भन्नुभयो तर मामाले भन्नुभयो: म व्यवस्था गरिहाल्छु नि भाञ्जालाई मसँग हिँडेपछि तँलाई केको चिन्ता ? म मामासँग अघि लाग्दै हिँडेँ । ओखलढुंगा पुगेपछि मामाले भात खान फेर्ने धोतीसहित केही कपडा किन्नुभयो । मरमसाला त सामान्य भयो । मामाले मलाई भन्नुभयो: हिँड भाञ्जा मावल । पछि कसैसँग म बिगुटार पठाइदिनेछु ।
त्यस दिनदेखि कोदाको रोटीसँग चोइली परेको घ्यू हाम्रो भोजन भयो । दश दिनपछि माइजू आउनुभयो । पहिलो दिन त थाहा भएन उहाँलाई । अर्को दिन हेर्नुभएछ र दुर्गे दाजुलाई चड्कन लाउनुभयो । म त डरले थुरथुर थिएँ तर बिस्तारै भनेँ ः माइजू मैले खाएको हो त्यो सबै घ्यू । दाजु र दिदीले होइन ।
मैले भनेँ ‘एक्लै त डर लाग्छ नि मामा । कसरी आउनसक्छु र ?’ तर मामाले पुनः कसैका साथमा घर पु¥याउने वचन दिनुभएपछि म पनि मामासँगै मावल गएँ । मावल पुगेपछि त कुरा अर्कै रहेछ । हजुर आमाले भन्नुभयो ः ख्याम्पु भतिजको व्रतबन्ध हुँदैछ । कान्छी छोरीको छोरो पनि आयो यसको पनि यसैमेसोमा व्रतबन्ध गरौँ हुन्न । मामा र हजुरबा पनि सहमत हुनुभयो । म त आत्तिएँ तर केही पनि भनिन । केही दिनपछि ख्याम्पुमा आमाका मामाका नाति मेरा सहपाठी र केही वर्ष जेठो भए पनि करिब करिब समवयस्क जस्तै जयप्रसाद कोइराला दाजुसँग मेरो पनि जनै, लगौटी र कन्दनी धारणको कर्म पूरा भयो । व्रतबन्धमा बुकुवा घस्ने चलन रहेछ ः कि आमाले कि त दिदीबहिनीले ।
त्यहाँ आमा वा दिदीबहिनी कोही पुगेका थिएनन् मेरा तर साइली ठूल्यामा (आमाकी मामाकी छोरी जो बिगुटारमा नै हुनुहुन्थ्यो आउनुभएको रहेछ) ले मलाई नांगै बनाएर नुहाउने र बुकुवा घस्ने काम गर्नुभयो । एकजना ढुंगानालाई पुरोहित बनाएर टीका लगाउने र हजुरबा रमाकान्तले मन्त्र सुनाउने काम भयो । यसरी म व्रतबन्धको बन्धनमा बाँधिन पुगे । त्यस दिनको रमाइलो घटना छ । व्रतबन्धको कर्म सकेर म र जय दाजु तल बारीमा गएर गायत्री मन्त्र दोहो¥याउँदै थियौँ ।
जय दाजुका मित्र पदे (सायद ती पदमबहादुर बस्नेत थिए) आएर कान थाप्न लागे । दाजुले एक चड्कन दिनुभयो र हप्काउनुभयो: गायत्री मन्त्र सुन्न किन आइस् ? तँलाई थाहा छैन छेत्रीले सुन्नु हुँदैन भन्ने ? बिचरा पदे दाजु नीलो कालो भएर हिँडेँ । मलाई लाग्यो गायत्री मन्त्र सुन्नु त के अपराध हो र ? तैपनि दाजुका सामुन्ने म बोलिनँ । अहिले त गायत्री आन्दोलन नै चलेको छ । गायत्री सिक्न कुनै पनि जात भनिँदैन । जसले सिके पनि हुन्छ, जपे पनि हुन्छ । परिवर्तनको अर्थ यही नै हो ।
व्रतबन्ध सकिएपछि ख्याम्पुबाट म सल्यान मावली घर फर्किएँ । हजुरआमाहरूसँगै । सायद ठूली माइजू भने बिगुटार माइत जानुभएको थियो । सानी माइजु हुनुहुन्थ्यो । तल्लो मूलघर र माथिल्लो ठूलामामाको घर । कान्लामाथि र मुनि । त्यस बेला यी दुई परिवारको त्यति राम्रो सम्बन्ध थिएन । म भने दुर्गेदाजु भनेपछि हुरुक्क हुन्थेँ । दाजुले असाध्य माया गर्नुहुन्थ्यो । ठूलामामालाई त हामीले देखेनौँ तर मूलघरमा बस्नेभन्दा म दुर्गेदाजु (जेठा मामाका छोरा) सँग नै रमाउँथेँ । त्यसमा पनि चिम्री दिदी त समयस्क हुनुहुन्थ्यो ।
उहाँ पनि भाइ भनेर हुरुक्कै गर्नुहुन्थ्यो । ठूली माइजू नभए पनि दुर्गेदाजु र चिम्रीदिदी भएपछि मलाई खेल्न र बस्न सहज हुन्थ्यो । कान्छामामा र हजुरबा जजमान गर्न तिङ्लातिर जानुभयो । म भने दाजुदिदीसँग खेल्न पाउने हुनाले ठूली माइजूको घरमा बस्न लागेँ । माइजूले चोइली परेको एक हर्पे खारेको घ्यू राख्नुभएको रहेछ । दुर्गेदाजु र दिदीले मलाई सोध्नुभयो ः घ्यू खाने ? घ्यू किन नखानु ? मेरो सहज उत्तर थियो ।
त्यस दिनदेखि कोदाको रोटीसँग चोइली परेको घ्यू र ढिँडोसँग गुन्द्रुक हाम्रो भोजन भयो । म दश दिन बस्दा हर्पे रित्तियो । दश दिनपछि माइजू आउनुभयो । पहिलो दिन त थाहा भएन उहाँलाई । अर्को दिन हेर्नुभएछ र दुर्गे दाजुलाई चड्कन लाउनुभयो । म त डरले थुरथुर थिएँ तर बिस्तारै भनेँ ः माइजू मैले खाएको हो त्यो सबै घ्यू । दाजु र दिदीले होइन । अनि माइजू मरी मरी हाँस्नुभयो । झोलीको द्यौताले खाएपछि के लाग्छ र ? दाजुदिदीलाई जोगाउन नै होला नि होइन ? म चुप लागेँ । कुरा त सही थियो । ठूली माइजूले श्राद्धका लागि कतैबाट जोहो गर्नुभएको रहेछ घ्यू । उहाँहरूकोमा गाईभैंसी थिएनन् । किनेर ल्याएको घ्यू उडाए पनि उहाँले हप्काउने र हाँस्ने मात्रै काम गर्नुभयो ।
गरिबीको मारले थिलथिलो बनाए पनि असाध्य फरासिली हुनुहुन्थ्यो ठूली माइजू । जेठा हजुरबा पट्टिका घरमा पाँचजना मामाहरू हुनुहन्थ्यो । एकजना त विराटनगरतिर पुग्नुभएको थियो । अरू त्यहीँ हुनुहुन्थ्यो । हामी त्यहाँ पनि जाने गथ्र्यौं । माइला मामाका कान्छा छोरा कुलप्रसाद मसँग साह्रै मिल्नुहुन्थ्यो । उमेरले ठूलो भए पनि दुर्गा दाजु र कुलप्रसाद दावली । म मावल गएको समयमा यी दुवैजनाको स्नेह मिल्थ्यो ।
एक दिन कुले दाजुले सुर्ती खाने भन्दै पातमा बेरेर सर्को ताने । दुर्गा दाजु पनि सर्को लगाउन थाल्नुभयो । म त रमिते । पर कतैबाट माइलो मामाले देख्नुभएछ । बिस्तारै आउनुभयो र कुलेदाजुको कानमा समातेर जुरुक्क उठाउनुभयो । यति पिट्नुभयो कि म त आतंकित भएर भागेँ । दुर्गेदाजु पनि भाग्नुभयो । त्यस घटनापछि मलाई माइला मामासँग जान सधैँ डर लाग्थ्यो । आमासँग जाने अवस्था परेमात्रै जान्थे र फर्किहाल्थेँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच