
कास्की । लायन्स क्लबले अन्तर्राष्ट्रियस्तरमा १०७औँ र नेपालमा ५३औँ वर्ष पूरा भएको अवसरमा पोखरामा अन्तर्राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सामाजिक सेवामा समर्पित लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एम’, नेपालले पोखरा रंगशालास्थित बहुउद्देश्यीय कोर्टमा आगामी वैशाख १८ देखि २२ गतेसम्म पहिलोपटक अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एम’का डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले प्रतियोगितामा विदेशीसहित कुल छ टोलीको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र पाकिस्तान भलिबल क्लब इस्लामावादको सहभागिता रहनेछ भने इरान र भारतको टोलीसँग समन्वय भइरहेको जनाइएको छ ।
प्रतियोगिताको विजेता टोलीले चार लाख ४४ हजार ४४४ शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख ४४ हजार ४००, शिल्ड, मेडल तथा ट्रफी हात पार्नेछ । तृतीय हुने टोलीले एक लाख ४४ हजार ४४४ शिल्ड, मेडल तथा ट्रफी पाउने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच