‘द भ्वाइस किड्स नेपाल सिजन २’को प्रसारण २६ फागुनदेखि

Read Time = 2 mins

काठमाडौं । रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को प्रसारण फागुन २६ गतेदेखि हुने भएको छ । बिहीबार राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ सिजनको संरचना, अडिसन प्रक्रिया र कोचबारे जानकारी गराइएको हो ।

यो कार्यक्रम हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि कार्यक्रम प्रसारण हुनेछ । निर्देशक लक्ष्मण पौडेलका अनुसार पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’सम्मका एपिसोड प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्ने जनाइएको छ ।

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाले अघि बढ्ने मौका पाउनेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । यसपटक भ्वाइसको टिमले कोचमा केही परिवर्तन गरेको छ । टिममा युवापुस्तामाझ चर्चित गायक सुशान्त केसी नयाँ कोचका रूपमा भित्रिनुभएको छ । अघिल्ला सिजनका कोचहरू प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार सिजन-२ मा निरन्तर हुनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?