
नेपालमा अचेल यस्तो लाग्छ कि औसतभन्दा बढी नागरिकमा राजतन्त्र -गणतन्त्रको तानातानमा आफ्नो कर्तव्यबोध छैन । दलका अग्रज नेता, प्राध्यापक, मन्त्री, सरकारी कर्मचारी, वकिल, पत्रकार, सुरक्षा निकाय, व्यापारी आदि सबै नागरिक नै हुन् । मानौं, कर्मचारी तथा प्राध्यापक छन् तर त्रिविजस्ता अन्य युनिभर्सिटीका अर्थात्, सरकारी सुविधा पाएकाको क्याम्पसमा झण्डै पच्चीस प्रतिशतले कलम नबोकेर पुग्छन् र ई हाजिरीबाहेक कागजमा फेरि गर्नलाई अरूसँग माग्छन् । देशको सबभन्दा बढी सचेत निकायमा यो हालत छ भने नेपालका सुरक्षा क्षेत्रमा त्यही पच्चीस प्रतिशत पनि जनशक्तिले आफ्नो कर्तव्यलाई राम्ररी बुझिदिएनन् भने यो देशको हालत के होला ?
पत्रकारिता जगतले पनि यदि आफ्नो धर्म विशुद्ध, सत्य, निष्पक्ष पत्रकारिता गरिदिएन भने कस्तो विरोभास एउटै मुद्दामा जनतामा उत्पन्न भई जनताबीच आपसमै विषम परिस्थिति होला र त्यस्तै दलहरूले गरिदिए भने सत्ता त कोही न कसैले पाउलान् । तर, नेपालको वर्तमान अवस्थाबाट पार गरेर नेपाल भोलि सुरक्षित रहन्छ कि रहँदैन, त्यस गम्भीर प्रश्नमा आधारित भएर यस्तो सम्वेदनशील अवस्थामा आआफ्ना मर्यादा नबिर्सी सत्ताभन्दा पनि देश र जनतालाई केन्द्रमा राखेर कार्य गर्नुपर्छ भन्नेमा यो लेख केन्द्रित छ ।
नेतामा राजधर्म
नेपालमा कोही आजसम्म राजनेता बन्नसक्ने, दलहरूबीचको मियोको भूमिका निर्वाह गर्ने कोही जन्मिँदै जन्मेनन् भन्ने होइन । विभिन्न राजनीतिक कालखण्डमा नेपालमा कांग्रेस कम्युनिष्टका खम्बा जस्तो जिम्मेवार नेताहरू पनि निस्के । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी र अन्य उदाहरण हुन् । हो, विचार र राजनीतिक कालखण्ड उहाँहरूका लागि फरक रहोस् कहिले दरबारसँग दलहरू भने कहिले दरबार, दल तथा सशस्त्र द्वन्द्व गरिरहेको माओवादी तर एकरूपता २००७ सालदेखि नै के देखिन्छ भने दलहरूले मोर्चा बनाउँदा पनि कसैलाई कमाण्डर बनाए वा गणतन्त्र ल्याउनलाई पनि गिरिजाबाबुलाई फरक विचार रहे पनि माओवादीसमेतले सबै दलको मियो बनाए ।
नेपालमा कोही आजसम्म राजनेता बन्नसक्ने, दलहरूबीचको मियोको भूमिका निर्वाह गर्ने कोही जन्मिँदै जन्मेनन् भन्ने होइन । विभिन्न राजनीतिक कालखण्डमा नेपालमा कांग्रेस कम्युनिष्टका खम्बा जस्तो जिम्मेवार नेताहरू पनि निस्के । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी र अन्य उदाहरण हुन् ।
त्यस्तै बीपी जीवित रहुन्जेल सबै दल दरबारको भर्सनमा उनलाई नै छत्रछायाँ बनाए किनकि उद्देश्य एक भए पनि दलहरूमा आदरभाव आजभन्दा बढी थियो, उद्देश्य प्राथमिकतामा हुन्थ्यो अनि सत्ता प्राप्तिपछि सरकारमा सामेल कुरो थियो । आज आपसी आदरभाव घटेको र सत्ता प्राथमिकता परेको छ तर जनताका आकांक्षालाई दोस्रो प्राथमिकतामा राखेर बिग्रयो । २०६६ सालको वैशाख महिनामा नव वर्षको शुभकामना दिन प्रदर्शनीमार्ग, काठमाडौंस्थित विश्वभाषा क्याम्पसमा गिरिजाबाबुले यसो ४०/५० वटा प्लास्टिकका कुर्सीमा प्राध्यापकका माझ अनौपचारिक रूपमा बसेर प्राध्यापक भनेको धेरै उच्च महत्वको, सरकार, नेताले पत्याएको वर्ग हो । तपाईंहरू नेपाली सेनाको पक्ष वा विपक्षमा केही पनि मिडियामा नलेख्नुस्, सार्वजनिक ठाउँमा नबोल्नुस् । प्रचण्डजीको भिडियो क्यान्टोनमेन्टमा उनका लडाकालाई नेपाली सेनाबारे जे बोलेको भाइरल छ त्यसबारे हामी सबै जानकार छौं र देशको हितमा, सेनाको हितमा समय आएपछि हामी बोल्नेछौं भन्नुभएको थियो ।
यसबाट गिरिजाबाबुलाई मन नपराउने जमातले अपमानजनक कुराहरू जति गरे पनि उनी कति देश र सरकारको सुरक्षा निकायप्रति सम्वेदनशील थिए त्यो झल्कन्छ । यो एउटा राजधर्ममै पर्छ कि कुन कुरा गोप्य राखेर सार्वजनिक नगर्ने वा कहिलेसम्म गोप्य राख्ने अनि आपसी हारजितभन्दा पनि देशको सम्वेदनशीलतालाई प्रथम प्राथमिकतामा राख्ने । तसर्थ, राजधर्म भनेको कोही राजाको धर्म नभई ‘राज’ भनेको वृहतरूपमा ‘प्रमुख’ र ‘राज्य प्रथम’ भन्ने बुझ्नुपर्छ ।
गणतन्त्र राजतन्त्रको बेला राजधर्म
नेपालमा हाल वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको परिवर्तनलाई आत्मसात्त गरेको २०७२ सालको संविधान छ । जसको पूर्णपरिपालना राज्यका सबै निकायबाट वाञ्छनीय मानिन्छ । यो एउटा परिवारको वंशवादभन्दा जनताको सामूहिक नेतृत्व छान्ने प्रथा हो । यसको विकल्प हाम्रा नेता सुध्रिएको सहित उन्नत गणतन्त्रमात्र हो तर गणतन्त्रभन्दा कुनै पनि किसिमको वंशवाद प्रणाली होइन ।
त्यस्तै, राज्यको निवृत्तिभरण, तलबसुविधा लिनेले यसको विरूद्ध जाने ठानिँदैन । यो राजधर्मको विपरीत हुनेछ । अवश्य नेपालमा आजको अवस्थामा नेताप्रति निकै घृणा, आक्रोश तर जनअपेक्षा पनि छ किनकि जसरी सनातन हिन्दू धर्ममा सुहागिन महिलाले पागल श्रीमान् भए पनि सिउँदोमा सिन्दूर हाल्नैपर्ने मानिन्छ, त्यसरी नै देशमा अन्य शैक्षिक, आर्थिक, जैविक आदि वातावरणको अभिभावक राजनीतिक वातावरण नै हुन्छ । यसको अर्थ नेतामात्र जिम्मेवार हुने तर सुरक्षानिकाय, कर्मचारी, शिक्षक, पत्रकार, चिकित्सक आदि चाहिँ हुनुनपर्ने भन्ने होइन ।
हाल नेपालमा २०६५ जेठ १५ गते नेपालबाट विधिवत् राजसंस्था हटाइसकिएको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहबाट फागुन ७ गतेतिर राजामा आफूलाई फर्काइदिन आहृवान गर्दै राष्ट्रिय पञ्चायतका सो बेलाका अध्यक्ष नवराज सुवेदीलाई प्रतिगमन समितिको संयोजक नियुक्त गरिएको छ । शाहलाई राप्रपाका नेताहरू कमल थापा र राजेन्द्र लिङ्देनहरूले आफूबाट २०६३ पछि चुनावी खर्च लिने तर धर्मनिरपेक्ष राष्ट्र बनाउन डलरमा गाई बेचेका तथा राजसंस्थाबारे जनमत संग्रह विधिवत गराउने कुरो गरी सदाका लागि फाल्ने गलत दिशामा लागेका हुन् कि भन्ने बुझाइले हो सुवेदीलाई जिम्मेवारी दिएका हुन् ।
नेपालले कस्तो राजधर्म खोजेको हो ? निवृत्तभरण रकम लिने सेना राजसंस्था फर्काउने अभियानमा लाग्नुहुँदैन भन्ने नैतिकता खोज्छ भने बहालवाला सेनाले वर्तमान संविधानअन्तर्गत नै सेवा दिने मौका पाइरहेकाले प्रष्ट रूपमा वर्तमान संविधानको भावना र उल्लेखित कुरालाई पालना गर्नुपर्छ भन्ने ठानिन्छ ।
यो कुरा कुनै पनि राप्रपाका नेतालाई मन परेको छैन भने दुर्गा प्रसाईं स्वघोषित राजावादीले त उनकै अन्तर्वार्ताको भाषामा राष्ट्रियताविरोधी अभिव्यक्ति दिएका छन् । ज्ञानेन्द्र शाह स्वयं वा भारतकै कोही पनि जिम्मेवारले नजिकमा पनि पर्न अब दिने छैन । नत्र बद्नामी हुनेछ किनकि प्रसाईंमा राजधर्म देखिएन । नेपालले कस्तो राजधर्म खोजेको हो ? निवृत्तभरण रकम लिने सेना राजसंस्था फर्काउने अभियानमा लाग्नुहुँदैन भन्ने नैतिकता खोज्छ भने बहालवाला सेनाले वर्तमान संविधानअन्तर्गत नै सेवा दिने मौका पाइरहेकोले प्रष्ट रूपमा वर्तमान संविधानको भावना र उल्लेखित कुरालाई पालना गर्नुपर्छ भन्ने ठानिन्छ ।
अवश्य पनि २०५८ साल जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुँदा दरबारको सुरक्षामा सेना नै राखिएकाले घटनापछि ‘यो हाम्रो सुरक्षाभित्र पर्दैन’ भन्ने कुरा कसैबाट सुनियो, त्यो अनुचित उत्तर थियो । गिरिजाबाबुको सेनाबारे २०६६ सालको माथि उल्लेखित कुरा सम्झे पनि मर्यादामा रहेर उसको कर्तव्य जरुरत परे जनताले सम्झाउन पाउँछ कि देशको सुरक्षाको जिम्मा तपाईंकै हो । हो जनताविरुद्ध जानुभएन तर दुर्गा प्रसाईं जस्ताको लहडमा कोही वंशवादी राजा बन्न हिँड्छ र नेपालविरुद्धको दस्ता खडा गर्छ भने प्रहरी, गुप्तचर निकायसँग सेनाले पनि चाहे जो कोही किन नहोऊन्, नेपालको सार्वभौमसत्ताविरुद्ध बोल्ने वा गतिविधि गरे इलिमिनेट गर्नुपर्छ । यदि यही मुख्य राजधर्म सेनाबाट भएन भने उसलाई देशले खसीलाई बिनाकाम पालेझैँ हुने भयो, जुन दरबार हत्याकाण्डताका देखियो ।
राष्ट्रप्रथम सबैको नीति हुनुपर्छ
माथि उल्लेखित जस्तो गणतन्त्रको प्रतिगमनमा राजशाही ल्याउन यदि कोही विदेशी भूमिबाट नेपालको सार्वभौमसत्ता विरुद्ध परिचालित भए नेपालका सबै सुरक्षा निकायका अंगहरू देशको सार्वभौमसत्ता जोगाउन उत्तिकै हाइएलर्टमा रहनुपर्छ । सिभिलियन कोही दुर्गा प्रसाईं जस्तो देशद्रोहको भाषा बोल्छन् भने विगतमा डा.सिके राउतलाई राज्यले सही ट्याकमा ल्याए जस्तो ल्याउन अनिवार्य छ तर यदि सुरक्षा निकायको कुनै अंगले राजा वीरेन्द्र वा पूर्वराजा ज्ञानेन्द्र शाहका पक्षविपक्षमा विभक्त भए देशको अस्तित्वमै संकट पर्नसक्छ । के छ त्यस्तो डा.राउतलाई नेपालविरुद्ध बोल्दा घचेट्दै, खुट्टा भाँच्दै राज्यले अदालतसम्म लाने तर दुर्गा प्रसाईं बैंक डिफौल्टरले हाकाहाकी नेपालविरुद्ध टिभीमा अन्तर्वार्ता नै दिँदा पनि राज्यले नियन्त्रणमा लिन नसक्ने ? के संविधानमा राउत र प्रसाईंका लागि अलग अलग देशद्रोहको परिभाषा उल्लेखित छ ?
तसर्थ सबै जिम्मेवार निकायहरूले, जनताले बोल्दा, लेख्दा वा कार्य गर्दा होस सम्हालेर राष्ट्रलाई ध्यानमा राखेर त्यस्ता काम गर्नुपर्छ नत्र तत्काल उक्त व्यक्तिलाई राज्यले नियन्त्रणमा लिनुपर्छ । यो उल्लेख गर्न वाञ्छनीय हुन्छ कि गणतान्त्रिक दल र सरकारले पनि तत्काल जनताको मागलाई सम्बोधन गर्नुपर्छ, नाताफिरयावाद नियुक्तिमा रोक्नुपर्छ, जनतालाई भड्काउने काम रोक्नुपर्छ, सरकार प्रमुखले इगो त्याग्नुपर्छ अनि वर्तमान संविधानलाई मान्ने दलहरूले आपसी दन्तबजान निषेध र गालीगलौज बन्द गर्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच