
काठमाडाैं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताउनुभएको हो । उहाँले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नताबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताउनु भयो ।
उहाँले चैत १५ गते भएको घटना संवैधानिक चरित्रको नभएको समेत स्पष्ट पार्नुभयो । उहाँले प्रदर्शनकारीहरुले सिंहदरबार, नारायणहिटी र संसद भवन कब्जा गर्ने कुप्रयास गर्दापनि सरकार के हेरेर बसेको ? प्रश्न गर्नुभयो । उहाँले प्रदर्शनका कमाण्डरले सार्वजनिक रुपमा हिंसात्मक अभिव्यक्ति दिएको भएपनि सरकारले समात्न नसकेको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘यी सबै भुमिकामा ज्ञानेन्द्र शाहको भुमिका के हो ? छैन भने नभन्नुस छ भने यो यो हो भनेर प्रमाण भनेर जनताको बीचमा आउनुप¥यो । र त्यसो गर्ने जोकोही होस् त्यसलाई सरकारले के गर्छ ? मेरो विश्लेषणमा १५ गतेको पूर्वराजाको उक्सावटमा भएको सफ्ट कू को प्रयत्न हो । यसको क्यारेक्टर कुनै संवैधानिक होइन । सिंहदबार कब्जा गर्ने, नारायणहिटी कब्जा गर्ने र संसद कब्जा गर्ने त्यही त हो । अनि सरकारले के हेरेर बसेको ? दुर्गाले त सार्वजनिक रुपमा बोलेको हो त जे जे हातहतियार पाइन्छ लिएर आउनु भनेर भाषण गरेर हिँड्या छ ।’
यो प्रदर्शनलाई सामान्य ढंगले लिएर छोड्न नहुनेमा उहाँको जोड छ । यस्ता घटनामा न्यायिक आयोग गठन गर्न नहुने र श्री ५ को सरकार भनेर सम्बोधन गर्नेलाई कारबाही गर्नुपर्नेमा उहाँको जो छ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच