प्राइम लाइफबाट भट्टराईको बिदाइ

Read Time = 1 min

काठमाडौं । आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गर्नुभएका मनोजकुमार भट्टराईले अवकाश लिनुभएको छ । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने नियमअनुसार भट्टराई कम्पनीबाट बाहिरिनुभएको हो ।

कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) चिरायु भण्डारी पनि बिदा हुनुभएको छ । भण्डारीको दुईवर्षे करार अवधि सकिएकाले बिदा हुनुभएको कम्पनीले जनाएको छ । कम्पनीका कर्मचारीले सोमबार एक कार्यक्रम गरी दुवैजनालाई बिदाइ गरेका थिए । अत्यन्तै भावुक बिदाइ समारोहमा कतिपय कर्मचारीले आँसुसमेत झारेका थिए ।

भट्टराईलाई कर्मचारीहरू कुशल रणनीतिकार, प्रेरणादायी व्यक्तित्व तथा प्रभावशाली संगठक मान्छन् । उहाँको नेतृत्वमा कम्पनीले सफलताको नयाँ उचाइ छोएको उनीहरूको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?