
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजादेखि गणतन्त्रवादीसम्म अटाउने नवीन समझदारी गर्नुपर्ने दोहोर्याउनु भएको छ ।
मंगलबार पार्टीले काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताउनु भएको हो ।
‘देश यही अवस्थाबाट अगाडि बढ्न सक्दैन । तर, यही अवस्थामा पनि रहन सक्दैन । देशलाई नयाँ समझदारी आवश्यक छ । शान्तिपूर्ण ढंगले सबै राजनीतिक शक्तिबीच नवीन समझदारी गरौं । हिजोका र अहिलेका राम्रा विषयलाई अनुशरण गरौं,’ लिङ्देनले भने, ‘राजादेखि गणतन्त्रवादी अटाउने व्यवस्था गरौं । जनता सार्वभौमसत्ताको मालिक हुने गरी राजा देशको अभिभावक हुनेछन् । कार्यकारी प्रधानमन्त्री, प्रदेश नभएको हिन्दू राज्य र बलियो स्थानीय तह बनाएर जाऊँ ।’
अध्यक्ष लिङ्देनले चैत १५ गते काठमाडौंमा सरकारले हिंसा मच्चाएको आरोप लगाउनु भयो ।
अध्यक्ष लिङ्देनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष बनेको आरोप समेत लगाउनु भयो।
‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त । हामीले भेटेको खोका, अश्रुग्यासका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ,’ लिङ्देनले भन्नुभयो, ‘अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपाइ हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन ।’
प्रहरीलाई कुनै राजनीतिक दलको भातृ संगठन भएर नबस्न उहाँले चेतावनी पनि दिनुभयो ।
उहाँले भन्नुभयो, ‘म भन्न चाहन्छु– प्रहरी, प्रहरी भएर बस्नुपर्छ । कुनै राजनीतिक दलको भातृ संगठन भएर बस्ने होईन । तपाईँलाई त्यो फुली लगाइदिने दलका नाइकेहरु र सिफारिस गर्नेहरु सधैं सत्तामा रहँदैनन् । तिनीहरुको सधैं हालिमुहाली चल्दैन । यो कुरा याद राख्नु, प्रहरी, प्रहरी भएर बसोस् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच