भोजपुर। भोजपुर नगरपालिका वडा ७, कोदार रंगशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिवल प्रतियोगिता अन्तर्गत मंगलवार भएको दोश्रो खेलमा सुदुरपश्चिम प्रदेशलाई लगातार तीन सेटले पछाडी पार्दै गण्डकी प्रदेश सेमिफाइनल प्रवेश गरेको छ । गण्डकीले २५–१८, २५–२० र २५–१६ अंकले सुदुरपश्चिम प्रदेशलाई हराएको हो ।
आजै भएको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३–१ सेटले गण्डकी प्रदेशले नै पराजित गरेको थियो । खेलको पहिलो, दोश्रो र चौथो सेटमा लुम्विनीलाई २५–२०, २५–१८ र २५–२१ अंकले गण्डकी प्रदेशले पराजित गरेको हो । तेश्रो सेट भने २५–२३ ले गण्डकीलाई लुम्विनी प्रदेशले जितेको थियो ।
लिक आधारमा संचालित भएको खेल अन्तर्गत बुधवार हुने पहिलो सेमिफाइनल खेल गण्डकी र बागमति प्रदेश बीच संचालन हुने छ भने दोश्रो कोशी र सुदुरपश्चिमका बीच हुने आयोजक भोजपुर जिल्ला भलिवल संघका उपाध्यक्ष बिष्णु भुजेलले जानकारी दिनुभयो ।
चैत २८ गतेसम्म हुने प्रतियोगिता सञ्चालनका लागि कोशी प्रदेश सरकारको कोशी प्रदेश खेलकुद विकास बोर्ड मार्फत रु २० लाख सहयोग गरेको छ । प्रतियोगितमा मधेस र कर्णाली बाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता जनाएका छन्।
प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल संघका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिनुभयो । पाँच बिधामा विधागतरुपमा उत्कृष्टलाई दश हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
निरोज कोइराला
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच