१४ औं संस्करणको साफ च्याम्पियनसिप भारतमा हुने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साफ च्याम्पियनसिपको आगामी १४ औं संस्करण भारतमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमितिको मंगलबार बसेको भुर्चअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो ।

दक्षिण एसियाली फुटबलको पुरूषतर्फको सबैभन्दा महत्वपूर्ण प्रतियोगिता भारतमा हुने निश्चित भएपनि आयोजनास्थल र मिति भने पछि तय हुनेछ । आगामी मार्च १० सम्मा आयोजनास्थल र मिति तय हुनेछ ।

भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो । यसअघि सन् १९९९, २०११ र २०१५ मा च्याम्पियनसिप भारतमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्य : अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँ : सचिव दुवाडी नुवाकोट बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, तीन घाइते काठमाडौं उपत्यकाका पाँच स्थानबाट एलपी ग्यास वितरण सुरु नुवाकोटमा बस र इभी भ्यान भिरबाट खसे एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गण्डकी प्रदेशमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्ने विधेयक… भोजपुरमा लाखे नाच संरक्षणमा जुटे युवा मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न सकेन : मुख्यसचिव कार्की