इलाम । भारत कलकत्ताका योगेश मिश्रसँग स–सना पहाड चढेको अनुभव थियो । पश्चिम बंगालदेखि नेपालको राजधानी काठमाडौँसम्म व्यवसाय गर्ने उहाँको यात्रा दिनभर सुविधाजनक सवारी साधन हुन्छ ।
उखरमाउलो कलकत्ताको गर्मीमा हुर्किनुभएका योगेशलाई अग्लो पहाडमा पदयात्रा गर्ने रहर जागेको धेरै भयाे । डाँडाकाँडामा पदयात्रा गर्ने रहर भएपनि साइत जुरेको थिएन । उहाँ भन्नुहुन्छ–‘मेरो रहर नेपालको सन्दकपुर गाउँपालिकाले आयोजना गरेको रेडपाण्डा महोत्सवबाट पूरा मात्रै भएको छैन, पदयात्राको अनुभव पनि अविश्मरणीय छ । भारतमा घुम्न जाँदा ३ किलोमिटरसम्म मात्रै यात्रा गरेका योगेशले चैत्र २० गतेबाट २३ गतेसम्म आयोजना भएको पदमार्गमा आधारित दोस्रो रेडपाण्डा महोत्सवको शुरुवातको दिन १२ किलोमिटर पार गर्नुभयो ।
रेडपाण्डा पदमार्गको हिलेबाट गोरुवाले भञ्ज्याङ्गसम्मको पदयात्रा अविस्मरणीय भयो । उहँ भन्नुहुन्छ–‘कलकत्ताको गर्मी छलेर ३३ सय ३ मिटरसम्मको अग्लो पहाड चढ्नु मेरा लागी सगरमाथा चढेजस्तै भएको छ । सायद सगरमाथाको चुचुरो पुग्नु अघि बढ्दा बिचमा कठिन र चुचुरोमा पुगेपछिको आनन्द हुन्छ होला । छिन्टापु पहाड चढ्दाको अनुभव सगरमाथा चढ्ने यात्रीको झै छ ।' उहाँ भन्नुहुन्छ – 'हरियाली पहाड उक्लदाको पिडा पार गरेपछि मैले सबै भुले ।’ छिन्टापुलाई प्राकृतिक ग्रेटवाल मानिन्छ । महाभारत पर्वतको दोस्रो अग्लो पहाड छिन्टापु चीनको ग्रेटवाल जस्तै देखिने पहाड हो ।
यता कलकत्ता नै घर रहनुभएकी सोविता चौधरीसँग भारतका विभिन्न राज्यमा भ्रमण गरेको अनुभव भएपनि नेपालको पदयात्रा पहिलो थियो । सन् २०१७ मा सीमा क्षेत्रको पर्यटकीय क्षेत्र सन्दकपुर पुगेको अनुभव भए पनि पदयात्राको अनुभव थिएन । सन्दकपुर १ को हिले क्षेत्रबाट जंगलले ढाकेको पदमार्ग यात्रा गर्दै उहाँले भन्नुभयो –‘चरा र वन्यजन्तु सजिलै देखिने रहेछ । जंगल सफारी पनि गर्न सकिने क्षेत्र रहेछ'– उहाँले थप्नुभयो ।’ दर्जनौ प्रजातीका गुराँसले ढकमक्क ढाकिएको जंगलमा चराहरुरको आवाजसँगै प्राकृतिक सुन्दरताको अध्ययन गर्दै यात्रागर्दा आफ्नो घर नै भुलेको चौधरीले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ–‘घाँमले पिल्सिने कलकत्तामा हुर्किएको म हरियाली जंगलमा यात्रा गर्दाको आनन्द बयान नै गर्न सक्दिन ।’ संचार क्षेत्रमा क्रियासिल उहाँ ‘कलकत्ता फर्किए पछि घुम्न चाहने कलकत्ताबासीलाई रेडपाण्डा पदमार्ग पदयात्राका लागि सिफारिस गर्छु ।’ पदयात्राकै क्रममा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको दृश्यावलोकन गर्न पाएपछि स्वर्गीय आनन्द भएको चौधरीको अनुभव छ । रेडपाण्डा पदमार्ग यात्रागर्दा प्राकृतिक सुन्दरता, सर्वोच्च सिखर सगरमाथासँगै दर्जनौ हिमश्रङ्खला, ढकमक्क गुराँसका फुल, जडिबुटी, चराहरु र वन्यजन्तुको अध्ययन गर्न सकिने भएकाले पदमार्गको हरेक क्षेत्रमा त्यहाँको बिषेशताका आधारमा प्रचार र प्रवद्र्धन गर्नुपर्ने चौधरीको सुझाव छ ।
गएको चैत्र २० गतेबाट २३ गते सम्म आयोजना भएको दोस्रो रेडपाण्डा महोत्सवले भारतको पश्चिम बंगाल,काठमाडौँ र स्थानीय पर्यटन व्यवसायीलाई पदयात्रामा सहभागी गराएको थियो । सन्दकपुर गाउँपालिकाको आयोजना नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय काँकरभिट्टा झापा, केचना कंचनजंघा पर्यटन विकास समिति र वन तथा वन्यजन्तुको संरक्षणमा जुट्दै आएको रेडपाण्डा नेटवर्कसँगै दिपज्योती युवा क्लब पाँचथर प्रवद्र्धक रहेका थिए ।
रेडपाण्डा लोपोन्मुख वन्यजन्तु हो । नेपाल, भारत, भुटान, म्यानमार र चिनमा मात्रै पाइने रेडपाण्डाको माध्यमबाट पर्यटन प्रवद्र्धनको काम इलामको सन्दकपुर गाउँपालिकाबाटै शुरु भएको हो । सन्दकपुर गाउँपालिका भित्रका उच्च पहाडी क्षेत्रमा रेडपाण्डाको बासस्थान रहेको छ । वनजंगलको संरक्षणमा आधारित पर्यटन प्रवद्र्धनको काम गर्नका लागि सन्दकपुर गाउँपालिकाले २०८० सालबाट नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पदमार्गमा आधारित रेडपाण्डा महोत्सवको आयोजनाको थालनी गरेको हो । रामसार क्षेत्र माईपोखरीबाट पूर्वी नेपालको मुस्ताङले परिचित जौबारी जोड्ने पदमार्गमा आन्तरिक र बाह्य पर्यटन भित्र्याउनसँगै वन र वन्यजन्तुमा आधारित पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथ महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताउनुभयो ।
महोत्सवको चार दिनको पदयात्रामा ७७ वर्षिय गाउँपालिका अध्यक्ष गुरुङ्गपनि अन्यपदयात्री सँगै यात्रामा हुनुहुन्थ्यो । पदयात्राले पर्यटन क्षेत्रमा कस्ता कार्यक्रम संचालन गर्ने योजनामा सहज हुने भएकाले म पनि पदयात्री भएको हुँ उहाँले भन्नुभयोे–‘मेरा लागि पनि यो पदयात्रा अविस्मरणिय बनेको छ ।’ माईपोखरी जौबारी पदमार्गको ८० प्रतिसत क्षेत्र रेडपाण्डाको बासस्थान रहेको क्षेत्र हो । जसका कारण पदमार्गको नाम ‘रेडपापण्डा पदमार्ग’ नामाकरण गरिएको गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेलीले बताउनुभयो ।
हामी पर्यटन महोत्सवको पदयात्रामात्रै गर्ने छैनौँ स्थानीयका समस्या र सामाधानका उपायाहरु पनि संकलन गरि योजना बनाउने लुङ्गेलीको भनाई छ ।
यात्रामा २१ बर्षदेखि ७७ बर्षसम्मका पदयात्री
पदयात्रामा नेपाल माउण्टेन एकाडेमीका टोलीपनि सहभागि भएको थियो । वनजंगल र वन्यजन्तुमा आधारित पर्यटन प्रवद्र्धनका माध्यमबाट पर्यटकहरु भित्र्याउन रेडपाण्डा पदमार्गमा प्रचुर संभावना रहेको नेपाल माउण्टेन एकाडेमीका अंसु मल्लले बताउनुभयो । उहाँले महोत्सवको चार दिन पदयात्रा गर्नुभएको थियो । उमेरका हिसाबमा सबैभन्दा कान्छो (२१ बर्ष) पदयात्री बनेर सहभागी रहनुभएका उहाँ भन्नुहुन्छ–‘प्राकृतिक सुन्दरता, जैविक विविधता सँगै दर्जनौ हिमश्रङ्खलासँगै चरा र वन्यजन्तुको दृश्यमा रमाउने क्षेत्र नेपालमा धेरै छन् तर भएका मध्ये रेडपाण्डा पदमार्ग थोरै खर्चमा घुम्न सकिने क्षेत्र रहेछ ।’
चरा र वन्यजन्तुमा आधारित पर्यटन व्यवसाय महङ्गो प्याकेज हो, मल्लले भन्नुभयो–‘रेडपाण्डा पदमार्गमा नेपालका अन्य ठाउँमा भन्दा सस्तोमा प्याकेज बन्छ । जसले समुदाय, गाउँपालिका र देशको आर्थिक वृद्धिमा योगदान पुग्ने उहाँको भनाई छ । पदमार्गको क्षेत्रमा फोहोरमैला व्यवस्थापनका लागि प्राकृतिक डसबिन बनाउनु पर्नेमा उहाँकोे जोड छ ।
रेडपाण्डा पदमार्ग संघीय सरकारको पर्यटन विभागबाट निर्माण भएको हो । एक प्रदेश एक सास्कृतिक ग्राम घोषणा गरि संघीय सरकारले सन्दकपुरलाई कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमा घोषणा गरेको थियो । २०७५ सालमा प्रदेशको प्रमुख गन्तव्य घोषणा गरिए पछि पर्यटन प्रवद्र्धन गर्न पदमार्ग निर्माण गरेको हो । २०७६ सालबाट निर्माण शुरु भएको पदमार्ग २०८१ असारमा पुरा भएको थियो । सोहि पदमार्गमा पर्यटकहरु डुलाउने योजनाका साथ सन्दकपुर गाउँपालिकाले प्रवद्र्धन गर्न रेडपाण्डा महोत्सव गर्दै आएको छ ।
पदमार्गले एउटै मालामा गाँस्दै सबै वडा
पदमार्गले सन्दकपुर गाउँपालिकाको ५ वटै वडा जोड्छ । २१ सय २१ मिटरको उचाईबाट शुरु भइ ३६ सय ३६ मिटर हुँदै २९ सय २९ मिटरमा पुगेर रेडपाण्डा पदमार्गको पदयात्रा पुरा हुन्छ । पदमार्गको धेरै क्षेत्र नेपाल र भारतको सीमा क्षेत्रमा रहेको छ । जहाँ होटल र होमस्टे व्यवसाय पनि फस्टाएको छ । १५ पर्यटकीय गन्तव्य रहेको पदमार्गमा राई, लिम्बु, गुरुङ्ग, मगर, शेर्पा लगायत आदिवासी जनजाति समुदायको सस्कृतिको अध्ययन गर्न सकिन्छ ।
पर्यावरणको संरक्षण गरि पर्यटन प्रवद्र्धन गरे मात्रै उच्च पहाडी क्षेत्रको बसाईसराई रोक्न सकिने र आयआर्जन वद्धि हुने भएकाले पर्यटन विकासका लागि गाउँपालिकाले लगानी सुरु गरेको सन्दकपुर २ का बडाअध्यक्ष सनम राईले बताउनुभयो । समुदायलाई जागरुप बनाउन लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको महत्व बुझाएर वनजंगल संरक्षण गर्ने र पर्यटक भित्र्याउने लक्ष्य रहेको वडाअध्यक्ष राईको भनाइ छ । ‘लेकाली क्षेत्रको आम्दानीको श्रोत भनेकै आलु, मकै, मटर खेतीर पशुपालन मात्रै हुने भएकाले घरखर्च चलाउननै समस्या छ वडाअध्यक्ष राई भन्नुहुन्छ–‘हामी सँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्य छ जहाँ घुमन्ते सस्कृति छ र उनीहरुलाई आकर्षित गरि आयआर्जन गर्ने योजनाका साथ पदमार्गको प्रचारप्रसार छौँ ।’ सन्दकपुर पर्यटकीय गन्तव्यमा पछिल्ला दिनमा भारतीय पर्यटहरु नेपाली बाटो हुँदै आउने क्रम बढेको छ उहाँले भन्नुभयो–‘पर्यटकको संख्या बिस्तारै बढ्दै गएको अवस्था छ हामी व्यवस्थापनका लागि तयार हुनुपर्छ भन्ने सन्देश सहित रेडपाण्डा महोत्सवलाई लिएका छौ ।’
रेडपाण्डा पदमार्गको शुरुवाती स्थान माईपोखरी विश्व रामसार सुचिमा सुचिकृत छ । माईपोखरी सन् २००८ मा सुचिकृत भएको क्षेत्र भएकाले भारतीय पर्यटकको आकर्षण बढ्दो छ । माईपोखरी पछि डम्बरसिंह सुनुवार आदिवासी सास्कृतिक संग्राहालय, सात खाल्डे सहिदपार्क, रेडपाण्डा प्रजनन् केन्द्र टप्पु, खप्परे, ढुङ्गेपानी, छिन्टापु पर्यटकीय गन्तव्य छन् । त्यसैगरी गोरुवाले, धुपि, सन्दकपुर, गुराँसे, चौरीचौक, कालपोखरी, लालबास पोखरी, दोबाटे, कैयाकट्टा, गैरीबास र जौबारी पर्यटकीय गन्तव्य रहेका छन् । यी पर्यटकीय गन्तव्यहरुको छुट्टा–छुट्टै बिषेशता रहेकाले पर्यटकहरु भ्रमणका लागि आकर्षित गर्न व्यवस्थापकीय पक्षमा सुधार गरे मात्रै पर्यटनबाट सन्दकपुरले धेरै लाभ लिन सक्ने केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार धौरालीले बताउनुभयो ।
समुदायले पर्यावरण संरक्षणमा जुट्ने, सरकारी पक्षले पर्यटन प्रवद्र्धनका लागि समुदायमा सिप हस्तान्तरण गर्ने र पर्यटकलाई राम्रो आथित्य सत्कार दिएमा सन्दकपुरको मुख्य आम्दानीको श्रोत पर्यटन क्षेत्र हुने धौरालीले बताउनुभयो । उहाँले भन्नुभयो–‘सन्दकपुर गाउँपालिकाको अहिलेको आन्तरिक श्रोतमा ३५ प्रतिशत योगदान पर्यटन क्षेत्रको रहेकाले अझ बढाउन हामी सबै एक भएर लाग्नुपर्नेछ ।’ पर्यावरण संरक्षणबाट पानीको श्रोत, चराचुरुङ्गी, वन्यजन्तु र जडिबुटीको संरक्षणमा सहजहुने र विश्वभरका पर्यटकहरुको ध्यान सन्दकपुरमा आकर्षित हुन्छ ।’
अहिले पनि रेडपाण्डा र चराचुरुङ्गीको अध्ययनका लागि आउने पर्यटकहरुको संख्या यस वर्ष मात्रै ५ सय बढी रहेको छ । भारतीय पर्यटकहरुको आकर्षण पनि रेडपाण्डा र चराहरुको अध्ययन बढेको गाउँपालिकाको भनाई छ ।
रेडपाण्डा पर्यटन महोत्सव पर्यटन प्रवद्र्धनमा परिणाम दिने महोत्सव रहेको सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत यादव राउतले बताउनुभयो । महोत्सव भने पछि हामी धेरै हल्ला गर्ने, गित संगीतमा रमाउने भन्ने बुझिन्छ तर रेडपाण्डा महोत्सव पदमार्ग, पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार, अध्ययनसँगै लोपोन्मुख वन्यजन्तु रेडपाण्डाकै अवलोकन गर्न जंगल सफारिको कार्यतालिका राखेका हौँ ।
रेडपाण्डा महोत्सवमा पदमार्गमा पदयात्रा गर्ने, पर्यटकीय गन्तव्यमा पुगेर स्थानीयबासी, पर्यटन व्यवसायी, गाइड, पोटरहरुसँग अन्तरक्रिया गर्ने कार्यतालिका अनुरुप कार्यक्रम सफलताका साथ सम्पन्न गरेको उहाँको भनाई छ ।
दुईचार दिन रमाइलो गर्ने भन्दा पनि पर्यटकीय गन्तव्यको प्रचार गर्दै त्यहाँका समस्या समाधान गर्ने योजना बनाएर परिणाम मुखि काम गर्न महोत्सवलाई उपयोग गरेको महोत्सव ब्यबस्थापन संयोजक रमेश भट्टराईको भनाई छ । भट्टराई भन्नुहुन्छ–‘हाम्रो आम्दानी श्रोत नै पर्यटन क्षेत्र भएकाले हामीले पर्यटन क्षेत्रमा सुधारका काम गर्ने छौँ, त्यसका लागि पदमार्गमा आधारित रेडपाण्डा पर्यटन महोत्सवले सहयोग पुग्ने अपेक्षा राखेका छौँ ।’
सन्दकपुर इलामको शीर मात्रै हैन झापाको उर्भर भुमिको सिचाई गर्ने पानीको श्रोत पनि हो । सन्दकपुर इलामको शीर मात्रै हैन झापाको उर्भर भुमिको सिचाई गर्ने पानीको श्रोत पनि हो । माई नदी, पुवाखोला लगायत दर्जनौ खोलाहरुको मुहान क्षेत्र सन्दकपुर भित्र रहेकाले अरबौँ लगानी भएको जलविद्युत आयोजनाहरुको भविश्य सन्दकपुरको पर्यावरणमा निर्भर छ, पर्यटकीय क्षेत्रमा कमल चलाउँदै आएका पत्रकार सुजन तिमल्सिना भन्नुभयो–‘ सन्दकपुरको पर्यावरण, वनजंगल संरक्षणमा राज्यले ध्यान नदिए इलाम मात्रै हैन झापा पनि मरुभुमि हुने संभावना छ ।’ पानीका श्रोतहरुको संरक्षण गर्नका लागि परम्परागत रुपमा पशुपालन र अन्य पेशागर्दै आएका समुदायलाई पर्यटन क्षेत्रमा आकर्षित गर्नुपर्छ ।’
भारतीय पर्यटकहरुको आकर्षण सन्दकपुरमा बढ्दो छ उहाँले भन्नुभयोे–‘ हामीले उच्च पहाडी क्षेत्रमा गोठ संचालन गरेका किसानलाई पर्यटन व्यवसायमा संलग्न गर्न सके उनीहरुको मुख्य आय पर्यटन क्षेत्र हुन्छ र गोठ आफै हट्नेछ ।’ उहाँ भन्नुहुन्छ–‘गोठ हटेपछि वनजंगल आफैँ बढ्ने देखिन्छ ।’ त्यसका लागि पर्यावरणमा आधारित पर्यापर्यटन कार्यक्रम कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयले ५ वर्षसम्म संचालन गर्न आवश्यक छ । तिमसिना भन्नुहुन्छ–‘ वनमा पाइने चराचुरुङ्गी र वन्यजन्तुहरु हेर्नका लागि आउने पर्यटकहरुको संख्या यहाँ बढ्दै गएकाले उनीहरुको सेवाका लागि अहिलेका गोठमा गोमस्टे कार्यक्रम संचालन गर्न सकिन्छ र राज्यको ध्यान जानुपर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच