
काठमाडौं । सरकारले आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउन फेरि आव्हान गरेको छ । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई भोलि फेरि वार्ताको लागि बोलाएको हो ।
शिक्षक महासंघले अब प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने बताइरहेको छ । तर, मन्त्रालयले भने पटक–पटक वार्ताको लागि आह्वान गरेर निरर्थक प्रयास गरिरहेको छ ।
‘हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा भोलि मिति २०८१-१२-२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारीलगायतका सबै शिक्षक९कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ,’–मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्धारा जारी पत्रमा भनिएको छ ।
सरकारले आफूहरुसँग विगतमा गरेका सम्झौता र सहमति कार्यान्वयन गरी तत्काल शिक्षा ऐन जारी हुनुपर्ने शिक्षकहरुको माग छ । शिक्षा ऐन जारी नभएसम्म सडक नछाड्ने शिक्षकहरुको अडान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच