धनगढी । दुई युवा खेलाडी विपिनविक्रम शाही र भुपेश जोशीको उत्कृष्ट प्रदर्शनमा घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को सेमिफाइनलमा पुगेको छ । गरुडा नगरपालिकालाई ६ विकेटले पराजित गर्दै घोडाघोडी क्रिकेट अपराजित रहँदै समूह ‘सी’ बाट सेमिफाइनलमा पुगेको हो । जितका लागि १२९ रनको विजयी लक्ष्य पछ्याएको घोडाघोडीले १७.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
घोडाघोडीको जितमा ओपनर विपिनविक्रम शाहीले ३९ बलमा ६ चौका र तीन छक्काको सहयोगमा ५५ रनको योगदान दिनुभयो । त्यस्तै टेक रावतले २९ बलमा तीन चौका र दुई छक्कासहित २५ रन बनाउनुभयो । ओपनर विपिन र टेकले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्नुभयो ।
कृष कार्कीले अविजित १५ तथा निशान्त बुढायरले अविजित १० रन बनाउनुभयो । गरुडाका बलर डब्लु मलिकले तीन तथा नितेश यादवले एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको गरुडा नगरपालिका २० ओभरमा १२८ रनमा अल आउट भएको थियो । गरुडाका लागि डब्लु आनन्द मलिकले सर्वाधिक ३५ रन बनाउनुभयो । सोभेन्द्र पासवानले २३, नितेश यादवले १९ तथा शैलेन्द्र कुशवाहाले १७ रन बनाउनुभयो ।
भुपेश जोशीले चार ओभरमा मात्र १३ रन खर्चिनुभयो । पाँच विकेट लिँदै उहाँ प्लेयर अफ द म्याच चुनिनुभयो । सञ्जय बोहरा, अशोक धामी र नरेश सुनारले एक-एक विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच