
कामठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिनुभएको छ।
राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा खबरदारी सभा गरेको थियो।
उक्त सभा सकिएपछि राप्रपाका स्वयमसेवक तथा नेता कार्यकर्ताहरूले कार्यक्रम स्थलमा रहेको फोहोर सफा गरेका थिए।
सोही सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकालाई कार्यक्रम क्षेत्रको फोहोर राप्रपा आफैले सफा गर्ने भन्दै पत्र नकाट्न आग्रह गर्नुभएको थियो ।
त्यसको जवाफ दिँदै मेयर बालेनले महानगर कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर नबसेको बताउनु भएको छ ।
सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ– 'कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।
राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच