
सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली राजतन्त्रमाथि तीव्र प्रहार गर्दै शाह वंशको शासनले देशमा सत्कर्म नगरेको आरोप लगाउनु भएको छ । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको वृहत् जागरणसभामा सम्बोधन गर्दै उहाँले पृथ्वीनारायण शाह र बहादुर शाह बाहेक अन्य कुनै राजा जनताको हितमा नउभिएको दाबी गर्नुभयो ।
'दुःख दिने प्रेतजस्तै अहिले पनि राजतन्त्रको छायाँ देशमा देखिन्छ । दुई सय पचास वर्ष शासन गर्नेहरूले सत्कर्म गरेका भए जनताले आज यस्तो पीडा भोग्नु पर्ने थिएन,' पोखरेलले भन्नुभयो, 'हामी त्यही प्रेत पन्छाउन आएका हौँ ।'
उहाँले गणतन्त्रले कर्णालीका जनतालाई नुन, चामल र मोटर बाटो पुर्याएको स्मरण गराउँदै राजा र मण्डलेहरूले ध्वस्त बनाएको देशलाई गणतन्त्रले अघि बढाउने काम सुरु गरिसकेको बताउनुभयो ।
'परिवर्तनका विरुद्ध सलबलाउनेहरूलाई खबरदारी गर्न एमाले सडकमा उत्रिएको हो,' पोखरेलले थप्नुभयो, 'गणतन्त्रले केही दिइएन भन्नेहरूलाई गाउँ(गाउँमा नाङ्गेझार बनाउनु पर्छ ।'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच