नेपाली कांग्रेसको भविष्य

Read Time = 10 mins

✍️ पुरुषोत्तम घिमिरे

नेपाली कांग्रेस पार्टीको सिद्धान्त के ? अन्य दलसँग तालमेल गरेर कुर्सीमा पुग्ने र मन्त्री बन्ने मात्र कांग्रेसको सिद्धान्त हो ? जसरी पनि सत्तामा पुगेर भत्ता पचाउने कांग्रेसको नीतिभित्र पर्छ ? सत्ताका लागि जोसँग पनि सहकार्य गर्न ? सत्ता लिप्सामा कांग्रेस कहिलेसम्म लाग्ने ? जनताको चाहना, कार्यकर्ताको भावना कांग्रेसको नेतृत्व पंक्तिले बुझ्नु पर्दैन ? कांग्रेस भनेको गरिब निमुखा सोझासाझा नेपाली जनताको पार्टी हो भनेर कसरी मान्ने ? नेतृत्व पंक्तिले पार्र्टीकोे सिद्धान्तविपरीत चलेपछि कांग्रेस परित्याग गरेर स्वतन्त्र हुनेहरूको लर्को लागेको छ । यसले कांग्रेसको भविष्य के होला ? अवसरवादीको हालीमुहाली पार्टीभित्र भएपछि निष्ठावान नेता कसरी बस्ने ?

पाँच दलीय गठबन्धनको गाँठो अहिलेसम्म फुकेको छैन । फुकोस् पनि कसरी सबैलाई बढी सिट चाहिएको छ । देश र जनताका लागि गठबन्धन भएको भए पो मिल्थ्यो यो त आफ्नो स्वार्थका लागि गरिएको गठबन्धन हो अनि कुरा कसरी मिल्छ ? बीपीले देखाएको आदर्शको राजनीति यही हो ? यस्ता सत्ता लिप्सा कांग्रेसीबाट नवआगन्तुक कांग्रेसले के सिक्ने ? राजासँग सहकार्य गर्न सकिन्छ कम्युनिष्टसँग सकिँदैन भनेर बीपी कोइरालाले भन्नुभएको थियो तर अहिले कांग्रेसहरू राजासँग होइन कम्युनिष्टसँग जोडघटाउ गरेर बसेका छन् । राजालाई आफ्नो परम शत्रु देखे र कम्युनिष्टलाई मित्र जसको परिणाम कांग्रेस एक्लै निर्वाचनमा जान नसक्ने अवस्था आयो ।

पाँच दलीय गठबन्धनको गाँठो अहिलेसम्म फुकेको छैन । फुकोस् पनि कसरी ? सबैलाई बढी सिट चाहिएको छ । देश र जनताका लागि गठबन्धन भएको भए पो मिल्थ्यो आफ्नो स्वार्थका लागि गरिएको गठबन्धनमा कुरा कसरी मिल्छ ?

कांग्रेसलाई एक्लै निर्वाचनमा गएर जित्छु भन्ने नलागेर गठबन्धनको गाँठो समातेको हो । देशको अवस्था जनताको अवस्थासँग कांग्रेसीलाई मतलब छैन । यसरी नै अघि बढ्ने हो भने कांग्रेसको भविष्य कता भन्ने दिन चाँडै आउँछ । सिद्धान्त, आदर्श, मूल्यमान्यता भुलेपछि समस्या आउनु सामान्य हो । हामीले परिवर्तन ग¥यौँ भन्ने कांग्रेसलाई परिवर्तन कसका लागि गर्‍यौ भनेर प्रश्न गर्न सकिन्छ । परिवर्तन नेताको भयो कि जनताको ? अहिले पनि जनता सिटामोल खान नपाएर मरिरहेका छन् । यही हो परिवर्तन ?

राष्ट्रियता, प्र्रजातन्त्र र समाजवादकोे मूल्य र मान्यतालाई आत्मासाथ गरेर अघि बढ्नुपर्न कांग्रेसभित्र किन विचलन आयो ? हरेक परिवर्तनमा अग्रपंक्तिमा रहेका कांग्र्रेसभित्र किन गुटउपगुट मौलायो ? निष्ठावान चरित्रवान, नैतिकवान, कतव्र्यनिष्ठ कांग्रेसहरू किन पाखा लाग्दै गए ? देश, जनता र कार्यकताको भावना के हो भनेर नेतृत्वले किन बुझ्न सकेन ? कांग्रेसले गर्न लागेको चुनावी गठबन्धन आवश्यक हो कि बाध्यता ? गठबन्धनले स्थिरता ल्याउँछ ? गठबन्धन धेरै सिट ल्याउँनकै लागि मात्र हो ?

गरिब किसान तथा मजदुरको भलाइ र हित सोच्ने नेपाली कांग्रेस आज एकाएक दिगभ्रमित भएको छ । कांग्रेसहरू जुन विश्वास र झण्डा बोकेर हिँडेका थिए ती कार्यकर्ताको भावनामा ठेस लागेकोे छ । निष्ठावान कार्यकर्ता पाखा लागेका छन् जो चाप्लुसी चाकडी गर्छ उही माथि आएको छ । पार्टीको दर्शन, विचार, सिद्धान्त र नीतिलाई वर्तमान नेतृत्वले लात मारेको छ । पदकै लागि राजनीति गरेको हो भन्ने देखाउन कुनै कसर बाँकी छैन । पदका लागि कतिपय नेताले अधिवेशनमा आफैंलाई बिक्री गरेको ज्वलन्त उदारण छ ।

लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा यसोभन्दा नकरात्मक अर्थ लाग्न सक्छ तर यो तीतो यर्थात् हो जुन कसै न कसैले त भन्नै या लेख्नैपर्छ । विश्वको एकमात्र हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको नाउँले चिनिएको नेपाल देश आज रातारात धर्मनिरपेक्ष राष्ट्र बनेको छ, राजसंस्था पाखा लागेको छ । विदेशी राष्ट्रको क्रीडास्थल बनेको छ । विदेशीलाई नागरिकता बेचिएको छ । यसबाट कति कांग्रेसलाई फाइदा भयो होला देश र जनतालाई भने घाटै भएको छ । देशमा मियोविनाको दाइँ चलेको छ । कसैको डर कसैलाई छैन ।

राजनीतिक संरक्षणमा नीतिगत भ्रष्टाचार भएका छन् । नेतृत्व तहमा बसेका नेताहरू लुछाचुँडी गरेर देशको ढुकुटी सकिरहेका छन्् । वैदेशिक ऋण भार दैनिक बढ्दो छ । उद्योगधन्दा कलकारखान सबै बन्द भएका छन् । केही गर्नुपर्ने युवा जनशक्ति अवसरको खोजीमा विदेश पलायन भएको छ । आयत अर्बांैको छ । निर्यात् शून्य छ । वैदेशिक हस्तक्षेप बढेको छ । नीति, नियम, पद्धति केही छैैन ।
स्वतन्त्रताको नाउँमा तानासाही लाद्ने काम भएको छ । स्वतन्त्र रूपमा मतदान गर्न पाउने अधिकारबाट जनतालाई वञ्चित गरिँदैछ ।

कहिले सहमतिको नाउँमा त कहिले गठबन्धनको नाउँमा जनतालाई धोका दिने काम कांग्रेसबाट भइरहेको छ । कांग्रेसलाई जनताप्रति विश्वास छैन् । त्यसैले गठबन्धनकोे नाउँमा निर्वाचनमा जाँदैछ । जनताले स्वविवेक प्रयोग गरेर मतदान गर्न नपाउने व्यवस्थालाई लोकतान्त्रिक गणतन्त्र भनिँदोरहेछ भन्ने देखिएको । नेता जहिल्यै शासक जनता जहिल्यै शोषित हुने व्यवस्थालाई लोकतान्त्रिक गणतन्त्र भनियो । नेपाली कांग्रेस जस्तो लोकतन्त्रमा विश्वास गर्ने दल पार्टीको सिद्धान्त, नीति, नियम, पद्धतिभन्दा बाहिर गएर निर्णय गर्छ ।

देशलाई केन्द्रबिन्दुमा राखेर निर्णय गर्नुपर्ने काग्रेस व्यक्तिलाई केन्द्रमा राखेर निर्णय गर्छ भने कांग्रेसको भविष्य के होला ? नेपाली कांग्रेसकोे विचार भनेको नितान्त रूपमा प्रजातान्त्रिक समाजवाद हो । त्यही बाटोमा हिँडेर नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा अघि बढ्नु पर्ने हो । दर्शन, वाद, विचार नै फरक भएको दलसँग सम्बन्ध गाँसेर कहाँसम्मको यात्रा सहज होला र ?

अहिलेको नेतृत्वको कमजोरी भनेको सत्तालिप्सा हो । आफ्नो पार्टीको इतिहास र संगठनलाई धरापमा पारेर हिजो सशस्त्र युद्धको नाममा हजारौं संख्यामा सोझासाझा नेपाली जनता मारेर आफ्नो निहित स्वार्थ पूर्तिका लागि लागेका धुर्त स्वार्थीहरूको राजनीति बचाउनका लागि कांग्रेस मरिहत्ते गरेर लागेको छ । कार्यकर्ताको भावनाभन्दा पनि कम्युनिष्टकोे भावना के छ भनेर बुझ्न लागेको जस्तो देखिन्छ । यही अवस्था रहने हो भने कांग्रेसकोे भविष्य के होला ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?