
रोम । नापोली बराबरीमा रोकिएपछि सिरी ‘ए’ को अंक तालिकामा शीर्ष स्थानमा रहेको इन्टर मिलानले राहत महसुस गरेको छ । नापोलीसँग १-१ को बराबरीमा रोकिएपछि च्याम्पियन्स लिगको स्थानको दौडमा रहेको बोलोनाले तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । नापोलीका आन्द्रे-फ्रांक जाम्बो एंगुइसाले १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो ।
पहिलो हाफमा नापोली प्रभावशाली देखिए पनि दोस्रो हाफमा बोलोना खेलमा फर्किएको थियो । ६४औँ मिनेटमा डान एनदोएले जेन्स ओडगार्डको लो क्रसलाई ब्याकहिल गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । गोलकिपर सिमोने स्कुफ्फेटले अन्तिम मिनेटमा एमिल होल्मको हेडर रोकेर नापोलीलाई हारबाट जोगाउनुभयो । नापोलीले जितेको भए इन्टरसँगको दूरी एक अंकमा झर्ने थियो । तर, बराबरीसँगै अहिले इन्टरभन्दा तीन अंकले पछि छ ।
इन्टरले शनिबार पार्मासँग २-२ को बराबरी खेलेको थियो । त्यसैले नापोलीलाई अंक दूरी घटाउने मौका मिलेको थियो । नापोलीको बाँकी सात खेल सबै कमजोर टोलीविरुद्ध छ र इन्टरले अझै बोलोना, रोम र लाजियोजस्ता बलिया टोलीसँग खेल्न बाँकी छ । बोलोना अहिले तालिकाको चौथो स्थानमा छ ।
टोली च्याम्पियन्स लिगको स्थानमा पुग्ने बलियो दावेदार देखिएको छ । साथै, इटालियन कपमा पनि इटालियानोको टोली सेमिफाइनलको पहिलो लेगमा एम्पोलीलाई ३-० ले हराएर फाइनलनजिक पुगेको छ । बोलोनाले यो वर्षको सुरुयता मात्र एक खेलमा हार बेहोरेको छ । अब बोलोनाको अर्को ठूलो खेल एटलान्टाविरुद्ध छ, जुन च्याम्पियन्स लिगको दौडका लागि निर्णायक हुन सक्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच