
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेको पहिलो दिन नम्बर एक प्रो भुवन नगरकोटी र नम्बर दुर्ई खेलाडी निरज तामाङले फराकिलो अन्तरको जितमा क्वाटरफाइनलमा स्थान बनाउनुभएको छ । डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापती, धनबहादुर थापा, रवि खड्का, प्रदीपकुमार लामा, तोरणविक्रम शाही र रामे मगरले पनि अन्तिम आठमा स्थान बनाएका छन् । रोयल नेपाल गल्फ क्लबमा मंगलबार भएको खेलमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीले १६औँ वरीयताका पशुपति शर्मालाई ५÷४ ले हराउनुभयो भने चार होलअगाडि जित निकाल्नुभएका उहाँले क्वाटरफाइनलमा धनबहादुर थापालाई प्रतिद्वन्द्वीका रूपमा भेट्टाउनुभएको छ । आठौं वरीयताका धन र नवौं वरीयताका भुवनकुमार रोक्काबीच कडा प्रतिस्पर्धा चलेको थियो । १७औँ होलको समाप्तिसम्म दुवै बराबरीमा रहेकोमा १८औँ होल जितेर धनले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नुभएको थियो । नेपाल नम्बर २ प्रो निरज तामाङले १५औँ वरीयताका सूर्यप्रसाद शर्मालाई सहजै ५/४ ले हराउनुभयो । चार होलअगाडि पहिलो चरणको खेल जित्नुभएका निरज यो सिजन तेस्रो उपाधि जित्ने दाउमा रहनुभएको छ । निरजले अब सातौं वरीयताका रामे मगरसँग क्वाटरफाइनल खेल्नुहुनेछ । रामेले १०औँ वरीयताका दीपक मगरलाई ४÷३ को नतिजामा माथ दिनुभयो ।
सन् २०२३-२४ को अर्डर अफ मेरिटका आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशि दुई लाख ५० हजार रहेको छ । उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछन् । दोस्रोले ४२ हजार, तेस्रोले ३२ हजार र चौथोले २४ हजार हात पार्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन् । मंगलबार पहिलो चरणमा पराजित आठ खेलाडीले नगद छ/छ हजार पाउनेछन् । सोमबार क्वाटरफाइनल र सेमिफाइनल खेल १८/१८ होलको हुनेछ भने फाइनल र तेस्रो स्थानका लागि बिहीबार प्रतिस्पर्धा हुनेछ । फाइनल भने ३६ होलको हुने सूर्य नेपालले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच